जहाजले उडान नभर्दा यात्रुलाई सास्ती,विरामीलाई पछि पार्दै रेडक्रस टोली उडे
मुगु न्युज डट कम,
मुगु १४ पौष-------
जिल्लाको एक मात्र विमान स्थल रारा ताल्च विमान स्थलमा हवाई उडान भर्ने विमानहरुले यात्रुहरुको चाप अनुसार उडान नभर्दा जिल्लाबाट काम विषेशले बाहिरी जिल्ला र उपचारका लागी सुविधा सम्पन्न स्थानमा जाने विरामी तथा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।
मुगुबाट नेपालगञ्ज, सुर्खेत जानका लागि ताल्च विमान स्थल पुगेका हवाई यात्रुहरुले मात्र नभई विरामीले समेत टिकट नपाउँदा पैदलबाट जुम्ला तथा मालबाहक गाडीको यात्रा गर्नु परिरहेको छ । अहिले ताल्च विमान स्थलमा नेपाल वायु सेवा निगम र तारा एयरको विमानले उडान गरिरहेको भए पनि विमानका ताल्च स्थित कर्मचारीले टिकट वितरणमा भेदभाव गरे पछि यात्रुहरु मर्कामा परेका हुन । नेपाल वायु सेवा निगमको जहाजले हप्तामा एउटा उडान तालीका राखे पनि कहिले दुई हप्ताको एउटामात्र उडान गर्ने र तारा एयरको मात्र उडानले यात्रु आसार्न अत्याधिक भार भएकाले ताल्च विमान स्थलमा यात्रुको चाप बढेको विमान स्थल स्थित नागरिक उड्ययन कार्यालयले जनाएको छ ।
तिन महिना अघि जिल्ला अस्पताल मुगुमा शल्यक्रिया मार्फत सुत्केरी भएकि कार्कीवाडा गाविस वडा नम्बर ७ कि शान्ति विटालुको अवस्था गम्भीर भएको भन्दै जिल्ला अस्पतालले रिफर गरेपछि तिन दिन देखि उपचार गराउन नेपालगञ्ज जान विमानस्थल पुगे पनि हवाई टिकट पाउन सकेकी छैनन । म आएको तिन दिन भयो , तिन महिनाको बच्चा पनि चिसोले निमोनियाँ भएर विरामी छ , मेरो पेट तथा पाठेघर निकै दुखिरहेको छ ।
उनले थपिन विरामीले आफनो दुखेसो पोखी रहदा जिल्लामा भ्रमणकालागी पुगेको नेपाल रेडक्रसका केन्द्रिय कोषाध्यक्ष भक्त खवासको सात सदस्य टोलीलाई दुई तर्फि टिकट भएको भन्दै विमान स्थलमा पुग्ने वित्तीकै टिकट दिइयो । स्मरण रहोस रेडक्रस दिन दुख्खी,असक्त,अपाङ्ग,बृद्घ र घाईतेको उद्घार गर्ने सामाजिक संस्था भनेर चिनिन्छ तर त्यही सस्थाका पदाधीकारीहरु आईतबार विमान स्थलमा थन्कीएका विरामीलाई पछि पार्दै उडे ।
ताल्च विमान स्थल वरपर रहेका होटेलमा एक छाकको एक सय पचास र एक रातको तिन सय तिर्नु परेको तथा हप्तौसम्म यसरी बस्दा पनि टिकट नपाएपछि थप समस्या भएको ललिता सुनारले बताईन ।
नेपालगञ्ज सुर्खेत देखि लोड नपाएको भन्दै निजी कम्पनिका गोमा एयर, मकालु एयर, काष्ठमण्डप एयरका पिलाटस जहाजले यात्रुका लागि नियमित उडान गर्न छोडेपछि यात्रुहरु हप्तौं देखि होटेलमा बस्न बाध्य भएको नेपालगञ्ज जानका लागि चार दिन देखि टिकटको पर्खाईमा बसेका सरकारी वकिल नरेन्द्र देवकोटाले बताए । उनले भने , जहाँजका कर्मचारीले आफ्ना मान्छे र पहुँच भएका व्यक्तिलाई तत्काल टिकट दिने र हप्तौं अघि विमान स्थलमा पर्खिरहेकालाई टिकट पाउन गाह्रो भएको छ ।
नेपाल वायु सेवा निगमको जहाँजले उडान नगरेको, अन्य निजी कम्पनिका जहाँजले पनि लोड नभएको भन्दै उडान नगरे पछि आफुलाई यात्रु उडाउन मुश्किल भएको तारा एयरका ताल्च विमानस्थल ईन्चार्ज लक्ष्मीकुमार शाहीले बताए । शाहीले भने –सरकारी क्षेत्रबाट हवाई सेवा सहज बनाउन कुनै पहल छैन हामी निजी क्षेत्रले दिन सक्ने सेवा दिएकै छौं । तर तत्काल आउने तत्काल टिकट खोज्नेलाई टिकट नदिएको , विरामीलाई पहिलो प्राथामिकता दिईएको, पहिला आउने यात्रुलाई पहिलो प्राथामिकता दिने गरेको शाहीले दावी गरे ।
जिल्ला प्रशासन कार्यालय मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले विमान स्थल सदरमुकाम गमगढी देखि टाढा रहेकाले नियमित अनुगमन हुन समस्या रहेको तथा यात्रुबाट धेरै गुनासाहरु आएको बताए । हामीले सम्बन्धित एयर लायन्सका कर्मचारीहरुलाई सर्व साधारण , विरामी तथा हवाई यात्रुहरुलाई हवाई सेवा सहज बनाउन निर्देशन दिई सकेको निमित्त प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

0 comments
बिचार लेख्नुहोस्..