चौध दलका उममेदवारले निर्वाचन खर्च विवरण बुझएनन्
मुगु न्युज डट कम,
पौष १४ मुगु ----------------
संविधान सभा निर्वाचन २०७० मा मुगु जिल्लाबाट प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ चुनावी प्रतिस्पर्धामा सहभागि भएका १७ वटा दल मध्य १४ वटा राजनितिक दलका उम्मेदवारहरुले अहिलेसम्म पनि निर्वाचनमा भएको खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा सहभागि भएका जिल्लाका १७ वटा राजनितिक दलका उम्मेदवार मध्य काँग्रेस, एमाओवादी र नेपाल परिवार दलका गरि तिन जना उम्मेदवारले मात्र निर्वाचनको वेला भएको खर्चको विवरण कार्यालयमा बुझाएका जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले जानकारी दिए । विवरण नबुझाउने दलहरुमा नेकपा एमाले, राष्टिय प्रजातन्त्र पाटी, नेमकिपा, राष्टिय जनमोर्चा , नेकपा माले , अखण्ड पाटी नेपाल लगायतका १४ वटा दल रहेको कार्यालयले जनाएको छ ।
कार्यालयमा बुझाईएका खर्च विवरण अनुसार निर्वाचनमा एमाओवादीको ९ लाख ६० हजार , नेपाल परिवार दलको ६ लाख १० हजार र काँग्रेसको ५ लाख ६२ हजार खर्च भएको देखाईएको छ ।
निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार भएर चुनाव लड्नेले १० लाख र समानुपातिकका उम्मेदवारले एक लाख खर्च गर्न पाउने तथा निर्वाचन सम्पन्न भएको मितिले ३५ दिन भित्र चुनावमा भएको खर्च विवरण बुझाउनु पर्ने व्यवस्था गरेको थियो । प्रत्यक्षका उम्मेदवारले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा र समानुपातिकका उम्मेदवारले राष्टिय निर्वाचन आयोगमा विवरण बुझाउनु पर्ने व्यवस्था गरेको थियो ।
मुगुबाट प्रत्यक्ष निर्वाचनमा सहभागि भएका दलहरुका उम्मेदवार अहिले जिल्लामा नभेटिएका तथा उनिहरुका पार्टी कार्यालय समेत बन्द रहेकाले निर्वाचन खर्च विवरणको फारम सहित पठाईएका पत्रहरु समेत कार्यालयमा फिर्ता आएका कार्यालयले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..