गाविस सचिवले अब देखि अनिवार्य गाउँ बस्नु पर्ने


मुगु न्युज डट कम ,
मंसिर १८ मुगु--------------
 गाउँ विकास समितिका सचिबहरु गाउँमा नगएर सदरमुकाममा सम्पर्क कार्यालय राखेर बस्ने गरेका कारण स्थानीयवासीहरुले गाविसबाट पाउनु पर्ने सुविधाबाट बञ्चित हुनु परेको, विकास पुर्वाधारका कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै अब देखि अनिवार्य रुपमा गाविस सचिवले सम्बन्धित गाविसमा बस्नु पर्ने भएको छ ।
जिल्ला विकास समिति मुगुले आयोजना गरेको आर्थिक वर्ष २०७१ ।०७२ को पुर्व योजना तर्जुमा गोष्ठीमा सहभागि भएका अधिकाँश सहभागि तथा राजनितिक दलका प्रतिनीधीहरुले गाविस सचिवहरु गाउ नबसी सदरमुकाममा नै बस्ने गरेका कारण गाउँमा विकास निर्माणका कार्यक्रमहरु प्रभावकारी हुन नसकेका, स्थानीयवासीले सहज र सुलभ सेवा पाउन नसकेको आवाज उठाए पछि २४ वटै गाविसका सचिवहरुले अब अनिवार्य रुपमा आफ्नो गाविसमा बस्नु पर्ने निर्णय गरिएको जिविस मुगुका स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।
 अहिलेसम्म गाविस सचिवहरुले सदरमुकाम गमगढीमा सम्पर्क कार्यालय खोलेर सदरमुकाम बाहिरका सेवाग्राहीले सदरमुकाम आएर सचिव  भेट्नु पर्ने बाध्यता रहँदै आएको छ ।
 मंगलबार आयोजना गरिएको गोष्ठीले अव गाविस परिषद गर्नु अगाडी महिला र बालबालिकाका लागि योजना तर्जुमा गर्दा महिला र बालबालिकाको भेला आयोजना गरि भेलाले छनौट गरेका योजना समेट्नु पर्ने , जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका गैर सरकारी संस्थाहरुमा पहिलो प्राथामिकता जिल्ला भित्रकै जनशक्ति प्रयोग गर्नु पर्ने , राष्टिय योजना आयोग र सम्बन्धित मन्त्रालयले पठाएको बजेट र मार्ग दर्शनका आधारमा योजना तर्जुमा गर्ने विषयमा छलफल भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..