स्यालले बाख्रा मार्न थाले पछि स्थानीयवासी चिन्तीत
मुगु न्युज डट कम,
मुगु १५ पौष----------
जिल्लाको उत्तरी क्षेत्र सोरु भेकको फोतु गाविसमा दैनिक जसो स्यालले बाख्राका पाठा पाठी मार्न थालेपछि बाख्रा पालक कृषकहरु चिन्तामा परेका छन ।
फोतु गाविस वडा नम्बर ५ फोतु गाउँमा बनमा चराउन लिएका बाख्राका पाठा पाठीलाई स्यालले मार्न थालेको स्थानीयवासी बिर्खबहादुर शाहीले जानकारी दिए । बाख्रासँगै बनमा चराउन लिएका ५,६ महिनाका दर्जन बढि पाठापाठी मारिसकेको स्थानीयवासीले बताएका छन । समुहमा स्याल आएर पाठा पाठीलाई लखेटेर मार्न थालेपछि बाख्रा पालक कृषकहरुले अहिले बाख्रा बनमा चराउन लिन छोडेका छन भने हिउँदको समय भएकाले घाँस पात जोहो गर्न समेत समस्या भएको छ ।
अहिलेसम्म आफ्ना मात्रै ६ वटा पाठा पाठी स्यालले मारिदिएको शाहीले बताए ।
0 comments
बिचार लेख्नुहोस्..