ट्रयाक्टर दुर्घटना एकको मृत्यु
मुगु न्युज डट कम ,
मंसिर १९ मुगु--------------------------
जुम्ला जिल्लाको सिंजा गोठी जिउला देखि व्यापारिक सामान बोकेर मुगु सदरमुकाम गमगढी तर्फ आई रहेको मालबाहक ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको बताईएको छ ।
जुम्ला जिल्ला र मुगु जिल्लाको सिमानामा पर्ने घुच्ची लेकको मोड क्रस गर्ने क्रममा भे १ त २५५१ नम्बरको मालबाहक ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको खबर आएपछि घटना स्थल तर्फ प्रहरी गएको भए पनि अझै पुष्टि हुन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीले बताए । ट्रयाक्टर सडक देखि करिब सात सय मिटर तल खसेको बताईएको छ ।
0 comments
बिचार लेख्नुहोस्..