बस दुर्घटनामा एकै गाउँका चार युवाको मृत्युले ÷गाउँ नै शोक मग्न
मुगु न्युज डट कम,
मुगु १९ मंसिर------------------
१५ गते विहान बाजुराको मार्तडीबाट गएको यात्रुबाहक बस डडेल्धुराको मेल खर्क भन्ने स्थानमा बस दुर्घटनामा परि मुगु जिल्ला धैनकोट गाविसको वडा नम्बर ५ र ६ भियालवाडा गाउँका चार जनाको मृत्यु भएपछि गाउँ नै शोक मग्न भएको छ ।
तिन महिनामात्र खान पुग्ने जमिन भएका दलित युवा घर परिवार र बालबच्चा पाल्नका लागि कमाउने आशामा भारत जान लागेका युवाहरु सडक दुर्घटनामा परेपछि उनिहरुका घर परिवारमा रुवावासी चलेको छ । केहि कमाएर घर परिवार पाल्न सक्ने एकै गाउँका दर्जन युवा सडक दुर्घटनामा परे पछि सिंगो गाउँ नै शाक मग्न छ ।
गाविसको वडा नम्बर ५ र ६ भियालबाडा गाउँबाट रोजगारीका लागि भारत जान हिडेका एक दर्जन युवाहरु बस दुर्घटनामा पर्दा चार जनाको घटना स्थलमा मृत्यु भएको छ भने सात जना घाईते भए पछि गाउँ नै शोकमा डुबेको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा धैनकोट वडा नम्बर ५ का २८ वर्षका महाविर सार्की, वडा नम्बर ६ का २४ वर्षका कल्से सार्की, सोही वडा निवासी २५ वर्षका रत्नमल सार्की र २२ वर्षका रमेश सार्कीको घटना स्थलमा नै मृत्य भएको थियो भने सोही वडाका कर्ण सार्की, मन सार्की , कन्नजीत सार्की, अमृत सार्की,विर बहादुर टमटा, वडा नम्बर ४ का राजबहादुर धामी र ३ का कन्नराज जैसी दुर्घटनामा परि घाईते भएका छन । घाईते मध्य अमृत सार्कीको अवस्था गम्भीर भए पछि भारतको लखनउ तर्फ लगिएको र अन्य छ जनाको कैलालीको अत्तरिया स्थित पदमा मेडिकलहलमा उपचार भईरहेको डडेलधुरा पुगेका घाईते विरबहादुर टमटाका भिनाजु महाविर विटालुले जानकारी दिए । मृतक चार जनाको शव सुदुर पश्चिमाञ्चल उप क्षेत्रिय अस्पताल अमरगढीमा राखिएको र सनाखत पछि शव विटालुले बुझेका छन ।
दुर्घटनामा परि मृत्यु भएका चार जना र घाईते सात जना मध्य दुई जना युवामात्र गैर दलित रहेका छन भने बाँकि सवै दलित युवा हुन । कमाई गर्ने जमिन थोरै रहेको तथा वर्षको तिन महिना मात्र खान पुग्ने भएका कारण प्रत्येक हिउँदमा यो गाउँका दलितहरु कामको खोजिमा भारत गएर चैत्रमा लुगाफाटोसंगै नगद लिएर फर्किने गरेका धैनकोट गाविसका स्थानीयवासी रामजंग शाहीले बताए । दुर्घटनामा परि मृत्यु भएका रत्नमल सार्कीको घरमा बा आमा र दाई भाउजु छन भने गएको भदौमा मृतक सार्कीकी श्रीमती र छोरा गएको भदौ महिनामा मृत्यु भएको थियो । मृतक रमेश सार्कीले दुई महिना अघि मात्र विवाह गरेका थिए । उनिहरु घरमा रहेका बुढा आमा बा तथा बाल बच्चा र श्रीमती पाल्नका लागि नै भारत तिर कामको खोजिमा जान लागेका स्थानीयवासीले बताएका छन । मृतक र घाईते अधिकाँश युवाहरु ६ कक्षा देखि ९ कक्षासम्म अध्ययनरत रहेको बताईएको छ । उनिहरु घर खर्चसंगै पढाई खर्चका लागि घरबाट भारत तर्फ हिडेका हुन । यो वर्ष मात्र धैनकोट गाविसबाट कामको खोजिमा डेढ सय भन्दा बढि युवाहरु भारत तर्फ गएको बताईएको छ ।
यता सदरमुकाम गमगढीमा दुर्घटनामा परि मृत्यु भएका र घाईते भएका घर परिवारका लागि तत्काल राहत व्यवस्थाका लागि नागरिक समाज, राजनीतिक दलहरु र धैनकोट गाविसका स्थानीयवासीहरु , सरकारी तथा गैर सरकारी संघ संस्था लागि परेका छन । राहतका लागि जिल्ला प्रशासन कार्यालय मुगु पुगेका थिए । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले दैवि प्रकोप कोषबाट सडक दुर्घटनामा परि मृत्यु भएका र घाईते भएकालाई राहत दिने व्यवस्था नभएको बताए ।
कार्तिकको पहिलो हप्ताबाट घरको काम सकिन बित्तिैकै जिल्लाका सोरु भेगका सात गाबिस र खत्याडभेगका सात गाबिसका बिद्यालय जाने उमेर र अरु युवा केही कमाउने आसाले भारतका बिभिन्न स्थानमा जाने गरेका भएपनि हालसम्म कुनै अप्रिय घटना अहिले सम्म नसुनिएको भएपनि जिल्लाका लागी यो पहिलो दुःखदाई घट्ना भएको सर्बसाधरण बताउछन ।
0 comments
बिचार लेख्नुहोस्..