एक वर्ष देखि प्रसुति सेवाको रकम नपाएको गुनासो


मुगु न्युज डट कम,
मंसिर २३ मुगु--------------------
सदरमुकाम बाहिर रहेको पिना गाविस स्थित प्रसुति गृहले २०६९ माघ महिना देखि अहिलेसम्म प्रसुति सेवा लिएका महिलाहरुले पाउने रकम जिल्ला अस्पतालबाट नपठाएको प्रसुति गृहका स्वास्थ्यकर्मिले बताएका छन ।
 गएको माघ महिना देखि २०७० कार्तिक महिनासम्म २७ जना गर्भवति महिला प्रसुति गृहमा सुत्केरी भएका र १ सय ६९ जनाले गर्भ चेक जाँच गराए पनि उनिहरुले पाउनु पर्ने प्रोत्साहन रकम पाउन नसकेको स्वास्थ्य चौकि पिनाले जनाएको छ । हिमाली जिल्ला भएकाले प्रसुति गृहमा पुगेर सुत्केरी भए बापत यातायात खर्च १५ सय , चार पटक गर्भ जाँच गराएको चार सय , प्रसुती व्यवस्थापन खर्च सात सय र प्रसुति गराउन खटिने स्वास्थ्यकर्मिको तिन सय गरि प्रति गर्भवति २९ सय गरेर ७८ हजार ३ सय तथा चार पटक गर्भ जाँच गराएका १ सय ६९ जनाको ४ सयका दरले ६७ हजार ६ सय गरेर १ लाख ४५ हजार रकम नपठाएको कर्मचारीको गुनासो रहेको छ ।
 प्रसुति गृहको बैक खातामा रकम हाल्ने निर्णय भईसकेको र आफु विदामा रहेकाले रकम गए नगएको थाहा नभएको जिल्ला अस्पताल मुगुका आमा सुरक्षा कार्यक्रमका फोकल पर्शन सरोजा घिमिरेले बताईन । जिल्ला भरिमा अहिलेसम्म ९ वटा प्रसुति गृह रहे पनि दक्ष जन शक्ति , उपकरण तथा भौंतिक पुर्वाधारको अभाव हुँदा ति प्रसुति गृहबाट प्रभावकारी प्रसुति सेवा प्रवाह हुन सकेको छैन ।

0 comments

बिचार लेख्नुहोस्..