बढि क्षमताको ईन्टरनेट प्रविधि जडान कार्य सुरु
मुगु न्युज डट कम,
मंसिर २३ मुगु-------------
नेपाल टेलिकमले जिल्लामा ईन्टरनेट सेवा छिटो छरितो र प्रभावकारी बनाउन बढि क्षमता भएको वाई म्याक्स प्रविधीको ईन्टरनेट प्रविधीको जडान कार्य सुरु गरेको छ ।
नेपाल टेलिकम मुगुको कार्यालय भित्र राखिएका नमस्ते तथा जिएस एम मोवाईल टावारसंग राखिएको वाई म्याक्सको क्षमता १० किलो मिटर सम्म पुग्ने नेपाल टेलिकमले जनाएको छ । यो सेवा सञ्चालन गर्न १५ सयमा नेपाल टेलिकमले डिभाईस उपलब्ध गराए पछि १० किलो मिटर टाढा बसेर ईन्टरनेट चलाउन सकिने भएको छ । अहिले प्रविधि जडान कार्य भईरहेको र एक हप्ता पछि बाट सेवा सञ्चालनमा आउने भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..