महिला हिंसा बिरुद्घ राजनितिक नेतृले गरिन प्रतिबद्घता


मुगु न्युज,डटकमंंंं........ 
म आफै आफनो घर बाट महिला हिंसा गराउदैन भन्दै मुगु जिल्लाका राजनितिक दलका महिलाले १६ दिने महिला हिंसा अभियानको ११ दिनमा साझा प्रतिबद्घता जनाएकि छन ।
 कर्णाली एकिकृत महिला बिकास मंच(केआईडब्लुएफ) मुगुले आयोजना गरेको जिल्ला स्थित राजनितिक दलका महिला नेतृ हरुसंग आयोजना गरेको १६ दिने महिला हिंसा बिरुद्घको अन्त्रकीर्या कार्यक्रममा जिल्ला स्थित १७ राजनितिक दलका  २५ महिलाले महिला हिंसा न्युनिकरणका लागी आफनै घरबाट सुरुवात गर्ने साझा प्रतिबद्घता जनाएकि छन ।
 प्रत्येक घरमा महिला हिंसाका घट्नामा महिला हरुबाटनै घट्ने भएकाले जिल्लाका सबै क्षेत्रमा हिंसाका घट्ना न्युनिकरणमा आफु र आ आफना दल लाई दबाब दिनुका साथै हिंसामा परेका महिलाको न्यायका लागी कुनै दल बिभेद नगरी जानु पर्ने नेपाली काँग्रेशको भातृय संगठन महिला संघका नेतृ जनकला मल्लले बताईन।
 जिल्लाका महिला हरु बिशेष गरी प्रजनन स्वास्थ्य र मदिराका कारण पुरुष बाट पिडित भएकाले अब बन्ने संबिधानमा कर्णालीका महिलाका यि मुद्घा समेट्नका लागी आफनो पार्टी लाई दबाब दिनुका साथै सम्पुर्ण राजनितिक दलले गरेको कर्णालीका महिला बिरुद्घको भेदभाबका लागी सबै दलका महिलाले आ आफनो दललाई दबाब दिनका लागी सबै महिला एक जुट हुनु पर्ने अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य कर्ण शिला मल्लले बताईन ।

, , , ,

0 comments

बिचार लेख्नुहोस्..