लंैगिक हिंसा विरुद्धको अभियान सदरमुकाममा केन्द्रीत


मुगु न्युज डट कम--------
मुगु, २० मंसिर, महिला हिंसा विरुद्धको १६ दिने लैगीक हिंसा विरुद्रको अभियान मुगुमा विभीन्न कार्यत्रमmका साथ अभियानलाई सफल पार्न नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म अभियान  संचालन गरे पनी मुगुमा भने सदरमुकाममा नै सिमीत रहेको छ ।
महिला माथी गरीने मानसिक एवं भौतीक रुपमा हुने हिंसालाई रोक्न अभियान मार्फत सडक नाटक र देउडा गीत जस्ता जनचेतना मुलक र्कार्यक्रम जिल्ला महिला विकास कार्यलयको आयोजना र महिला हिंसा विरुद्ध आवज उठाउने गैर सरकारी संस्थाको सहकार्यमा जिल्लामा संचालन गरीएको अभियान, सदरमुकामका पाँच गाविस पिना,श्रीनगर,कार्कीवाडा,रुगा, रोवामा संचालन गरेपनी सो विरुद्धको अभियान जिल्लाका भेग क्षेत्रका महिला माझ व्यापकरुपमा यो अभियान संचालन गरीएको छैन ।
सदरमुकाम मै वढ्दो हिंसाका कारण वर्षेनी महिला छाउपरी प्रथा,यौनशोषण, घरेलु हिंसाकै कारण स्थानिय प्रहरी चौकी , पारालिगल जस्ता आमा समुहमा उजुरी परीरहने गर्दछन तर महिला हिंसा मुगुमा कम हुन सकेको छैन । उता ग्रामिण वस्तीकी महिला भने न्यायका ढोका सम्म आउन सक्ने  न्युन चेताना रहेको छ ।
जिल्लाको सदरमुकाम भन्दा वाहिरका १९ गाविसका महिला भने विभिन्न किसीमका हिंसाभोग्दै आएकी   ७० प्रतिशत हिंसा पिडीत महिलाले हिंसा सहेर वस्न वाँध्य रहेकी भएपनी दुर्गम वस्तीमा भने यो अभियान यस वर्ष ग्रामिण भेगका  महिला माझ नपुगेर आयोजक कर्ता र महिला अधिकार कर्मीहरु सदरमुकाम सिमीत अभियान संचालन गरेको वताएको छ ।
गएका वर्ष देखी महिला हिंसा विरुद्रको अभियान जिल्लामा शुरुवात गरीए पनि यस वर्ष  दलित महिला , जनजाती महिला र अपाङ्ग महिला विच नपुगेर सदरमुकामका निश्चित क्षेत्रमा शुरुवात गरेर अभियान मर्थर पारीएको पुलु ३ की जनजाती महिला छिरीङ्ग पुटीक लामा ले आरोप लगाईन् ।

0 comments

बिचार लेख्नुहोस्..