जिल्लाको पहिलो छाउपडी मुक्त गाउँ घोषणा गरिदै

मुगु न्युज डट कम,
मुगु ८ पौंष ----------------------
छाउपडी उन्मुलन जिल्ला समन्वय समिति मुगुले जिल्लाका २४ गाविस मध्य रोवा गाविसको सोभा गाउँलाई जिल्लाकै पहिलो र नमुनाका रुपमा छाउपडी मुक्त गाउँ घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला विकास समिति मुगु निमित्त स्थानीय विकास अधिकारी एवं छाउपडी उन्म’लन समन्वय समितिका संयोजक जानक बहादुर मल्लको अध्यक्षतामा बसेको समितिको बैठकले तोकिएका मापदण्ड र सुचकहरु पुरा भएको भन्दै रोवा गाविसको वडा नम्बर ७ सोभा गाउँलाई पौष ११ गते विधिवत रुपमा छाउपडी मुक्त गाउँ घोषणा गर्ने निर्णय गरेको समन्वय समितिका सदस्य एवं जिल्ला शिक्षा कार्यालय मुगुका विद्यालय निरिक्षक धनसुधन चौलागाईले जानकारी दिए ।
जिल्लाका कार्कीवाडा , पिना, रोवा ,रुगा र रारा गाविसमा छाउपडी प्रथा उन्मुलनका लागि  सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिरहेको हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुले सरोकारवाल निकायबाट यि गाविसमा अनुगमन गराए पछि सोभा गाउँका १ सय १२ घरधुरी सवैमा महिलाहरु म्हिनावारी हुँदा घर भित्रै बस्न थालेका , गाईको दुध दहि, घिउ खाने गरेका र सरसफाईलाई प्राथामिकतामा राखेका लगायतका सुचक पुरा भए पछि गाउलाई छाउपडी पुक्त गाउँ घोषणा गर्न सहज भएको हिरिसडेकका अध्यक्ष मिनबहादुर रावलले बताए ।
 परम्परा देखि नै कुरितीका रुपमा जिल्लाका सबै गाउँ बस्तिमा महिला महिनावारी भएको वेला तिन दिन देखि सात दिन सम्म गोठमा बसाल्ने , गाई वस्तु , फलफुलका बोट छुन नदिने , घर भित्र बसे देउता रिसाएर अनिष्ट हुने रुढिवादी विश्वासले महिलाहरु  हिंसा र विभेदको शिकार हुनु पर्ने बाध्यता रहेको छ ।

1 comments

good news suman sir ra meen rawal lai jasle chaupadi mukta jilla ghosada garna mahatopurna shayog hunexa....

बिचार लेख्नुहोस्..