साघुरो सडकका कारण हप्ता दिन नपुग्दै दुईवटा दुर्घटना


मुगु न्युज डट कम,
मंसिर २३ मुगु-----------
नाग्म गमगढी सडक खण्ड अन्र्तगत जुम्ला सिंजा गोठी जिउला देखि गमगढी सम्मको सडक साँघुरो भएका कारण हप्ता दिन नपुग्दै दुई वटा सडक दुर्घटना भएका छन ।
 मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकको सात मोड भन्ने ठाउँमा सुर्खेत देखि नेपाल खाद्य संस्थान मुगु शाखाको खाद्यन्न बोकेर गमगढी तर्फ आईरहेको भे १ त २२१२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक ठुल दाई भन्ने तुलसी खड्का घाईते भएका छन । शनिवार बेलुकि दुर्घटना भए पनि सदरमुकाम गमगढी देखि पाँच घण्टा टाढा रहेकाले आईतवार विहान मात्र प्रहरी घटना स्थल तर्फ गएको छ भने घाईते चालक खडकालाई शनिवार बेलुकि नै उपचारका लागि नेपालगञ्ज तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
  साँघुरो मोड रहेका कारण गाडी मोडन खोज्दा दुर्घटना भएको र गाडीमा रहेको खाद्य संस्थानको चालिस क्वीन्टल चामल भिरमा छरिएको तथा गाडी काम नलाग्ने अवस्थामा पुगेको खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदार भिम बहादुर बुढाले बताए । ट्याक्टर सडकबाट सात सय मिटर तल खसेको बताईएको छ । मंसिर १९ गते त्यहि ठाउँमा व्यापारीक सामान बोकेर गोठी जिउलाबाट गमगढी तर्फ आउदै गरेको भे १ त २५५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मुगु जिल्ला पिना गाविस वडा नम्बर ३ का रामदेव रावलको मृत्यु भएको थियो भने चालक भरत रावल घाईते भएका थिए ।
 नाग्म देखि गमगढीसम्मको ९४ किलो मिटर सडकको निर्माण कार्य नेपाली सेनाले पुरा गरि २०६९ साल पुष १ गते औपचारिक रुपमा तत्कालिन प्रधान मन्त्री डाक्टर बावुराम भट्टराईले उद्घाटन गरेका थिए भने गएको जेठ महिनामा सेनाले सडक विभागलाई हस्तान्तरण गरेको भए पनि अहिलेसम्म स्तरउन्नती भएको छैन भने सुर्खेत देखि गमगढी आउने मालबाहक गाडी जोखिमपुर्ण अवस्थामा हप्ता दिन बढि समय लगाएर गमगढी पुग्ने गरेका छन ।


0 comments

बिचार लेख्नुहोस्..