विशेष कक्षाका विद्यार्थीहरुलाई कपडा वितरण
मुगु न्युज डट कम
मंसिर १९ मुगु
सदरमुकाम गमगढीमा सञ्चालित दुई वटा विशेष कक्षाका विद्यार्थीलाई फिनल्याण्डका विद्यार्थीहरुले एक लाख बराबर चिसोमा अोढ्ने कपडा वितरण गरेका छन ।
जिल्लामा क्रियाशील युनाईटेड मिशन टु नेपाल र साहस नेपाल नामक गैर सरकारी संस्थालाई सहयोग गरिरहेको फेलम् नामक संस्था मार्फत सदरमुकामको महाकाली उच्च माध्यामिक विद्यालयमा अध्ययनरत सुस्त श्रवण भएका २४ जना विद्यार्थीहरुका लागि १५ वटा कम्बल र प्रावि बाल मन्दिरमा अध्ययनरत १३ जना दृष्टि विहिन विद्यार्थीहरुका लागि सिरक, डसना वितरण गरिएको छ ।
फिन ल्याण्डका विभिन्न विश्व विद्यालयमा अध्ययन गरिरहेका फिनिस विद्यार्थीहरुले विशेष कक्षामा अध्ययनरत विद्यार्थीका लागि रकम पठाए पछि मुगु पुगेकि फिन ल्याण्ड नागरिक क्रिष्टि क्रिया भेननले एक लाख बराबरको चिसोमा ओढ्ने कपडा वितरण गरेकि हुन ।

0 comments
बिचार लेख्नुहोस्..