प्रधानाध्यापक र विव्यस अध्यक्षका लागि तिन दिने अभिमुखिकरण गोष्ठी सुरु


मुगु न्युज डट कम,
पौष १७ मुगु---------------
अगुवा स्रोत केन्द्र श्रीनगर अन्र्तगत रहेका विद्यालयहरुका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुका लागि बुधवार देखि गमगढीमा तिन दिने क्षमता अभिवृद्धि गोष्ठी सुरु भएको छ ।
 जिल्ला शिक्षा कार्यालय मुगुको आयोजनामा सुरु भएको गोष्ठीमा विद्यालय सुरक्षा योजना,विद्यालय व्यवस्थापन , शिक्षक अभिभाकबीचकको सम्बन्ध विद्यालय संचालन र संरचनाका विषयमा जानकारी गराईने भएको छ ।
 अभिमुखिकरण कार्यक्रम नियमित रहेको तथा प्रशस्त मात्रामा शिक्षा नियमावली, निर्देशिका रहे पनि कतिपय शिक्षक ,प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावकले आफ्नो काम कर्तव्य के हो भन्ने विषयमा स्पष्ट हुन नसकेको जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए । गोष्ठीको उदघाटन सत्रमा बोल्दै घिमिरेले भने, कतिपय विद्यालयहरुमा शिक्षा नियमावली र निर्देशिका समेत भेट्न सकिएन ।
 गोष्ठीमा अगुवा स्रोत केन्द्रमा रहेका १८ वटा विद्यालयबाट प्रधाना ध्यापक, विव्यस अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुको सहभागिता रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..