जिल्लाका ८ गाविसलाई पुर्ण साक्षार गाविस घोषणा गरिने


सुमन मल्ल,
मुगु न्युज डट कम,
पौष १८ मुगु---------------
 जिल्लाका २४ वटा गाविस मध्य ८ वटा गाविसलाई चालु आर्थिक वर्षको असार मसान्त भित्र पुर्ण साक्षार गाविस घोषणा गरिने भएको छ ।
 आर्थिक वर्ष २०७०। ०७१ को असार मसान्त भित्र जिल्लाका श्रीनगर, रुगा, रोवा,भिई,सेरी ,रारा र कालै गाविसलाई पुर्ण साक्षार गाविस घोषणा गर्ने तयारी भईरहेको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । जिल्ला शिक्षा कार्यालय मुगुको समन्वयमा जिल्लामा शिक्षा क्षेत्रमा काम गरिरहेका गैर सरकारी संघ संस्थाको नेतृत्वमा स्वच्छिक अभियान सञ्चालन गर्ने तयारी भईरहेको कार्यालयले जनाएको छ ।
रुगा, रोवा र भिई गाविसमा असल छिमेकि नेपाल मुगु,सेरी र रारा गाविसमा हिरेण्डेक,श्रीनगर गाविसमा महाकाली उच्च मावि र श्रीनगर सामुदायिक अध्ययन केन्द्र, किम्रीमा युएम एन र कालै गाविसमा किर्डाक नेपाल मुगुले नेतृत्व गर्ने छन । नेतृत्वको जिम्मा लिएका संघ संस्थाहरुसंगै विद्यार्थी , शिक्षक सवैलाई परिचालन गरि असार १५ सम्म तथ्यांक जिल्ला शिक्षा कार्यालयमा आईसके पछि नजिकको विद्यालयमा परिक्षा सञ्चालन गरि साक्षारताको प्रमाण पत्र प्रदान गरे पछि पुर्ण साक्षार गाविस घोषणा गरिने जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले जानकारी दिए ।
 पुर्ण साक्षार गाविस घोषणा गर्नका लागि विभिन्न चार वटा सुचक बनाईएको छ । १ देखि १०० सम्मका अंक लेख्न सक्ने, आफ्नो नाम लेख्न र हस्ताक्षर गर्न सक्ने,सामान्य हिसाब गर्न सक्ने र मोवाईलमा नम्बर डायल गर्न सक्ने सुचकहरु तयार पारिएको कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले सम्बन्धित विद्यालयका शिक्षक, सामुदायिक अध्ययन केन्द्रका पदाधिकारीहरु तथा परिचारिकाहरुका घर परिवारमा रहेका निरक्षर सदस्यहरुलाई असार मसान्त भित्र अनिवार्य साक्षर गराउन कार्यालयले निर्देशन दिईसकेको जनाएको छ । यो अभियान १५ वर्ष देखि ६० वर्ष ननाघेको उम्मेर समुहलाई केन्द्रीत गरिने भएको छ । पहिलो चरणमा ८ गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गरेपछि बाँकि १६ गाविसलाई दुई चरणमा पुर्ण साक्षार गाविस घोषणा गरिने गरि कार्ययोजना निर्माण गरिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..