श्रीनगर गाविसको गाउँ परिषद सम्पन्न,पुरानै प्रकारका योजनालाई निरत्तरता


मुगु न्युज डट कम,
पौष २६ मुगु-----------
सदरमुकाम गमगढीसंग जोडिएको नमुना गाउँ विकास समिति मुगुको छैठौं गाउँ परिषद शुक्रबार सम्पन्न भएको छ ।
 शुक्रवार समपन्न गरिएको परिषदले आर्थिक वर्ष २०७१ । ०७२ का लागि १ करोड २३ लाख ३९ हजार ८ सय अनुमानित बजेट प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षमा रहेको १ करोड १२ लाख १८ हजार भन्दा आगामी आर्थिक वर्षको बजेट ३७ दशमलब ०३ प्रतिशतले वृद्धि भएको छ ।
 परिषद पुर्व गाविसले आयोजना गरेका योजना तर्जुमा तथा योजना छनौठ गोष्ठीमा धेरै बहस र छलफल गरिए पनि अन्तत विगतका वर्षहरुमा सञ्चालन गरिएका कार्यक्रम र योजनाहरुलाई नै निरन्तरता दिईएको छ भने कुनै नयाँ तथा दिर्घकालिन योजनाहरु आएका छैनन । कुल पुजिगत बजेटलाई लक्ष्यीत वर्ग र विकास तर्फ पचास पचास प्रतिशत विनियोजन गरिएका छन ।
नमुना गाविसका रुपमा चिनिए पनि अहिलेसम्म गाविसबाट सञ्चालन गरिएका योजना तथा कार्यक्रम नमुना बन्न सकेका छैनन भने समुदायको आपसी बेमेलका कारण पनि श्रीनगर गाविस नमुना बन्न सकेको छैन ।

0 comments

बिचार लेख्नुहोस्..