मुगुका ग्रामीण वस्तीमा एक केजी नुनको एक सय देखि चार सय रुपैयाँ

मुगु न्युज डट कम--------------------

पौष २७ मुगु,

सदरमुकाम गमगढी बाहिरको सोरु भेकका ग्रामीण बस्तीका स्थानीयवासीहरु एक केजी नुनको एक सय दुई सय भन्दा बढि मुल्य हालेर नुनको आवश्यक्ता पुर्ति गरिरहेका छन ।

रारा गाविस वडा नम्बर २ का मिट्या कामीले आफ्नो छोराको विवाह गर्दा दश पाथी सिमी दिएर दश केजी नुन लिएर काम चलाए । रुपैयाँको हिसाव गर्दा उनको गाउँमा एक पाथी सिमिको एक सय छ । यो हेर्दा उनले लिएको  दश केजी नुनको मुल्य एक हजार पर्न गयो । साल्ट टे«डिङ्ग कर्पोरेशनबाट नुन लिदा उनले दश पाकेट अर्थात दश केजीको ९० रुपैयाँ मात्र पर्न आउथ्यो ।  कामीले भने , छोराको विवाह गर्नै पर्ने जसरी नुन नभए अलिनो भतेर खुवाउन नमिल्ने एक पोकाको एक पाथी दिएर भए पनि दश पोका नुन लिएँ, काम चलाउनै प¥यो ।

सोरु भेकका सात गाविसका जिमा, नार्थर्पु , फोतु, भिई, धैनकोट, कालै र रारा गरि सात गाविसलाई चालु आर्थिक वर्षका लागि चार सय क्वीन्टल नुनको कोटा निर्धारण गरिएको भए पनि सोरुकोट विक्रि केन्द्र अहिलेसम्म नुन नपुग्दा स्थानीयवासीहरु  स्थानीय पसलबाट किन्नु पर्दा एक केजीको असी रुपैयाँ हालेर नुनको आवश्यक्ता परिपुर्ति गरिरहेका छन भने रुपैयाँ नपाउनेले एक पाकेट नुनको दुई पाथी ( आठ माना अर्थात चार केजी) सिमी दिएर नुन लिने गरिरहेको धैनकोट गाविसका स्थानीयवासी राजबहादुर परियारले बताए ।सदरमुकाम गमगढी बजारमा सिमी प्रति केजीको मुल्य एक सय विस रुपैंया पर्छ भने चार केजीको चार सय असि रुपैयाँ पर्न आउछ । स्थानीय मुल्य प्रति केजी सिमीको एक सय मुल्य छ । साल्ट ट्रेडिङ्कबाट नौ रुपैयामा किनेको नुन गाउँमा चार सय असि रुपैयाँमा स्थानीयवासी किन्न बाध्य छन ।

सोरुकोट विक्रि केन्द्रमा नुन आउने सुने पनि अहिलेसम्म स्थानीयवासीले नुन पाउन नसकेको तर स्थानीय पसलहरुमा आयोडिनयुक्त नुन प्रशस्त बेच्न राखिएको परियारले बताए । सर्व साधारण नुन नपाएर अलिनो खाना खान बाध्य छन भने नेपाल साल्ट टे«डिङ्ग कर्पोरेशनले वितरण गर्ने नुन टाठा बाठाहरुले बिचमा नै लिने गरेको स्थानीयवासीको भनाई छ ।

सोरु भेकका सात गाविसका लागि चालु आर्थिक वर्षमा चार सय क्वीन्टल, सात गाविस रहेको खत्याड भेकका लागि चार सय क्वीन्टल नुनको कोटा भए पनि अहिलेसम्म नेपालगञ्ज देखि सोरु र खत्याडसम्म ढुवानीको जिम्मा लिएका ठेकेदारले ढुवानी नगरे पछि यो समस्या आएको तथा यसरी सदरमुकाम बाहिरका स्थानीयवासी कार्यालयमा आउदा प्रति परिवार दश केजीसम्म नुन दिएर पठाउने गरेको नेपाल साल्ट टे«डिङ्ग  कर्पोरेशन मुगुका प्रमुख उपेन्द्र ठाकुरले बताए ।

साल्ट टे«डिङ्क कर्पोरेशनको केन्द्रीय कार्यालयमा ग्रामीण भेकका जनताले नुन पाउन नसकेको , हिमपात भए ढुवानीमा अबरोध हुने भएकाले तत्काल नुन आपुर्ति गर्न जानकारी गराए पछि कार्यालयले ढुवानीका लागि नुन उठाउने तयारी भईरहेको आफुलाई जानकारी आएको जिल्ला प्रशासन कार्यालय मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए ।

जिल्ला सदरमुकाम गमगढी आसपासका पाँच तथा करान भेकका पाँच गाविसका स्थानीयवासीहरुलाई सहज रुपमा नुन वितरण भईरहेको छ । उनका अनुसार सदरमुकाम विक्रि केन्द्रका लागि यो वर्ष २ हजार ५ सय क्वीन्टल नुनको कोटा व्यवस्था गरिएको छ ।

सरकारले मुगु जिल्लाका लागि पठाउने   ३३ सय नुनको कोटा अनुसार २४ वटै गाविसका ९ हजार घर धुरीलाई वार्षिक २ केजी ७२ ग्राम मात्र पर्ने देखिन्छ ।

0 comments

बिचार लेख्नुहोस्..