पाँच माविद्धारा पायक पर्ने स्थानमा परिक्षा केन्द्र कायम गराउन माग
मुगु न्युज डट कम,
पौष २५ मुगु ---------------
जिल्ला सदरमुकाम देखि बाहिर पर्ने सोरु भेकका पाँचवटा माध्यामिक विद्यालयका अभिभाव, शिक्षकहरुले प्रवेशिका परिक्षा दिनका लागि परिक्षार्थीहरुलाई समस्या हुने गरेको भन्दै पाँच वटै विद्यालयलाई पायक पर्ने ठाउँमा परिक्षा केन्द्र कायम गराउन माग गरेका छन ।
विहिबार जिल्ला शिक्षा कार्यालय मुगुमा नेपाल राष्ट्रिय मावि मुर्मा, रारा माध्यामिक विद्यालय कच्चे , विजय मावि कालै, जगतमाला मावि धैन र नेपाल राष्टिय माध्यामिक विद्यालय धैनकोटका शिक्षक अभिभावकहरुले यसै वर्षको प्रवेशिका परिक्षाका वेला देखि परिक्षा केन्द्र कायम गराउन माग गरेका छन ।
सोरु भेकका कर्णाली पारीका जिमा, नार्थपु, भिईमा रहेका तिन वटा माध्यामिक विद्यालयका लागि जिमाको भवानी मावि पुरुमुरु र जनज्योति मावि नार्थपुमा दुईवटा परिक्षा केन्द्र कायम गरिएको र कर्णाली वारीका धैनकोट, कालै र रारा गाविसमा रहेका पाँचवटा माविका लागि एउटा पनि एसएलसी परिक्षाको परिक्षा केन्द्र नपर्दा परिक्षार्थीले सास्ती व्यहोर्नु परेकाले जिल्ला शिक्षा कार्यालयमा धाउनु परेको बिजय मावि कालैका प्रधानाध्यापक चन्द्र गोपाल बस्नेतले जानकारी दिए । उनले भने , कर्णाली वारीका पाँ माविका लागि एउटा पनि परिक्षा केन्द्र छैन तर तिन वटा मात्र मावि भएको पारि सोरुमा २ वटा परिक्षा केन्द्र छन । हामीले परिक्षा केन्द्र माग गरेको पाँच वर्ष भईसक्यो , अहिलेसम्म पाएका छैनौ बस्नेतले भने ।
स्रोत केन्द्र कालै स्थित बिजय माविमा परिक्षा केन्द्र कायम गराउन माग गरेका छौ , अहिले जिल्लामा प्रमुख जिल्ला अधिकारी नभएकाले एसएलसी परिक्षा जिल्ला समन्वय समितिको बैठक बस्न नसक्ने हुँदा प्रमुख जिल्ला अधिकारी आउदा वितिकै समन्वय समितिको बैठक बसालेर प्रक्रिया अगाडी बढाउने आश्वासन शिक्षा कार्यालयले दिएको छ रारा गाविसका स्थानीयवासी एवं मावि कालैका शिक्षक विरबहादुर बमले भने ।
0 comments
बिचार लेख्नुहोस्..