कुपोषित बालबालिकालाई न्यानो कपडा वितरण


मुगु न्युज डट कम,
मुगु २५ पौष------
गरीवी निवारण कोषको आर्थीक सहयोगमा सप्रोस नेपाल नामक गैर सरकारी संस्थाले कुपोषीत बालबालिकाहरुको तत्थ्याङ्क संकलन गर्दा सबै भन्दा बढी पिना गाविसको वडा नम्बर १  माथी घुईरमा कुपोषीत बालबालिका रहेको जनाएको छ ।
 संस्थाले कोषको सहयोगमा पिना गाविसका तलि घुईर र माथी घुईर, श्रीनगरका निगाले, हेर्निकाँधमा आयआर्जन र स्वास्थ्य अवस्था सुधारका लागि भन्दै पशुपालन तथा तरकारी खेति गर्न सहयोग गरिरहेको थियो । कार्यक्रम सञ्चालन गरिएको एक वर्षमा कति परिवर्तन भयो भनेर गरिएको तथ्याँक संकलनले २७ घरधुरी रहेको माथि घुईर गाउँमा १ कक्षा देखि ३ कक्षासम्म पढ्ने २६ जना बालबालिका कुपोषित भेटिएको सप्रोस नेपालका सहजकर्ता नरेन्द्र रावलले जानकारी दिए ।
चार वटा गाउँमा तथ्याँक संकलन गर्दा अन्य तिन गाउँमा कुपोषित बालबालिका नभेटिएको त्यो गाउँमा मात्र २६ जना बालबालिका कुपोषित भेटिए पछि गाउँका २७ वटै घरधुरीलाई तरकारी खेतिका लागि तालीम, विउ विजन दिईएको तथा बालबालिकाहरुलाई न्यानो कपडा, स्टेशनरी सामग्री समेत वितरण गरिएको संस्थाले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..