जिल्लाको कुल जमिन मध्य २५ प्रतिशत मात्र चरन क्षेत्र
मुगु न्युज डट कम
मुगु ३० पौष
जिल्ला भरिमा रहेका पशु चौपायको संख्या हेर्दा चरन क्षेत्र निकै कम छ । जिल्लाको कुल जमिन ३ लाख १० हजार ३ सय १० हेक्टर मध्य चरन योग्य जमिन ७९ हजार ७ सय ५७ हेक्टर मात्र रहेको छ । प्रतिशतका आधारमा २५ प्रतिशत चरन क्षेत्र मात्र रहेको जिल्ला पशु सेवा कार्यालय मुगुले जनाएको छ । दिन प्रतिदिन पशु वस्तुको संख्या बढ्दै गएको भए पनि गाई वस्तुका लागि विकास गरिएको घासँ रोप्ने परम्पराको थालनी नहुँदा चरन क्षेत्रको थप अभाव हुँदै गएको कार्यालयको भनाई रहेको छ ।
पशु चौपायाबाट उत्पादीत घिउ,दुध,दहि,उन,छुर्पी विक्री गरेर लामो समय देखि घर परिवार पाल्दै आएका यहाँका कृषकहरु पशु चौपायाका चरन क्षेत्रहरु अतिक्रमण भै साँघुरिन थालेपछि पशु चौपाया पाल्न कठिनाई भईरहेको पशु पालक कृषकको भनाई छ ।
जिल्लाका पाटन क्षेत्र रारा, लखु , मुन्दु ,रुम्दा छाया नाथ, मुगु ,मालिका , गडुल्नानी, चंखेली, हेर्नी खर्क , खोला खर्क पाँपे , खमाले, कालाकाँडा, चाकपाँडे , घुच्ची लगायतका जिल्ला भरिका दर्जनौ पाटन र चरन क्षेत्र अतिक्रमणबाट आवादी जग्गाका परिणत हुन थालेका छन ।
जिल्लामा दिन प्रतिदिन जन संख्या वृद्धि हुँदै जाँदा चरन क्षेत्र धमाधम खेति योग्य जमिनमा रुपान्तरण हुन थाले पछि चरन क्षेत्रको अभाव बढ्दै गएको छ ।
जिल्लामा रहेका १०८ बस्तिमा बसोबास गर्ने अधिकांश घरमा गाई,भैसी,भेडा,बाखा्र,चौरी,झोवा जस्ता घरपालुवा जनावर पाल्ने गर्थे,पछिल्ला बर्षहरुमा खोला,नदी,पाखा,वनजंगल अतिक्रमण गरी घर जग्गा बनाई व्यक्तिका नाममा दर्ता गर्ने परिपाटीले चौपायालाई चराउन र घाँस पाउन छाडेपछि कुषकहरु पशु पालन गर्न छाडदै जान थालेको जिल्ला पशुसेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख गोविन्दबहादुर महतले बताए ।
पशुसेवा कार्यालयको तथ्यांक अनुसार दश बर्ष अघि भन्दा घरपालुवा पशु वस्तुको संख्या घटेदो क्रममा छ । आर्थिक वर्ष २०६९।०७० मा जिल्ला भरीमा बाख्रा ३३ हजार, भेडा ४४ हजार, भैसी राँगा ७ हजार, घोडा खच्चर १७ सय र झोवा याक २१ सय रहेका छन् । यो दर प्रत्येक बर्ष ३ देखि ५ प्रतिशतले घटदो क्रममा छ ।
चरन क्षेत्रको अभावमा कृषकहरुले वस्तुभाउ पाल्न क्रमिक रुपमा छोडन थालेपछि खेत गह्रामा प्रयोग हुने गोठे मल उपलब्ध नहँुदा मल कै कमीले अन्नवालीको उत्पादनमा समेत ह्रास हुने क्रमसंगै पछिल्ला बर्षहरुमा यूरिया मल लिने कृषकको संख्या बढदै गएको जिल्ला कृषि विकास कार्यालय मुगु जनाएको छ
कृषकहरुले वस्तु भाउ पाल्न छाडेकाले पशु तथा पशु जन्य वस्तुहरुको मूल्य आकाशिएको छ । दुध प्रति लिटर १ सय २०,दहि १ सय ,मासु के.जीको ५सय ,भेडा १० हजार,लैनो भैसी ६० हजार,राँगा ३० हजार,चौरी गाई ५० हजार,याक ८० हजारमा खरिद बिक्री हुने गरेका छन । जिल्लामा दहि दुध, घिऊ तथा मासु र पशु बस्तुको माग दिन प्रति दिन बढ्दो रहे पनि चरन क्षेत्रको अभाव , जन संख्या वृद्धिका कारण आपुर्ति भने न्युन हुने गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..