परिवार नियोजनको सेवा लिनेमा पुरुष भन्दा महिला अगाडी


 मनिराज पाण्डे ,
३० पौष ,कालिकोट ----------------------
परिवार नियोजन सेवा लिनेमा पुरुस भन्दा महिला अगाडी देखिएका छन् । यस बर्षको कार्तिक मसान्त सम्म प्रतिदिन ५ सय ४३ जना महिलाले पिल्स सेवा लिएका छन् ।
 १ हजार ८ सय ४७ जनाले डिपो सेवा लिएका छन् । २ सय ३६ जनाले कपर्टी सेवा र ६ सय ९१ जनाले इन्पलान्ट लिएका छन् । ३ जना महिलाले भने मिनिल्याप सेवा लिइरहेकोे जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहमत औजर आलमले बताए । जिल्लामा कुल प्रजनन उमेर समूहको जनसंख्यामध्ये २६ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जनचेतना र सहज उपलब्धताका कारण प्रजनन् उमेर समूहका व्यक्तिले विभिन्न किसिमका परिवार नियोजन सम्बन्धी साधनहरु प्रयोग गर्ने गरेको डा.सूर्यप्राद भुसालले बताए । आम–संचारमाध्यम, विभिन्न स्वास्थ्यसंग सम्बन्धित संघ–संस्था, र विद्यालयहरुमा पढाइहुने पाठ्यक्रका कारण गाउँ–गाउँमा चेतना फैलिएपछि परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्नेको संख्यामा बृद्धि हो ।
 पुरुषका लागि जिल्लाभर ३० हजार ७ सय ५० गोटा कण्डम वितरण छ । ६९ जना ले भ्यासोक्टोमी सेवा लिएका छन् । जिल्लामा परिवार नियोजन गर्नेभन्दा अस्थायी साधन प्रयोग गर्नको संख्या अत्याधिक बढेको सुचना अधिकारी आलमको भनाइ छ । १ लाख ३६ हजार ९ सय ४८ जनसंख्या रहेको यस जिल्लामा ३१ हजार ८ सय ७७ प्रजनन उमेर समूहको जनसंख्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । धेरै जसो प्रजनन उमेरका युवाहरु रोजगारीका लागि विदेशमा रहेकाले परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या कम देखिन गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..