बालबालिकाले बनाउन लागे खेलकुद मैदान


मुगु न्युज डट कम
मुगु १२ माघ, जिल्लामा कुनै पनि सार्बनीक खेल मैदान नभएको अबस्थामा सदरमुकाम नजिकको कार्किबाडा गाबिसका बालबालिकाले भने खेल मैदान बनाउन थालेका छन ।
नेपाल सरकारबाट प्राप्त हुने बाल अनुदान अन्र्तगतको रकमबाट कार्किबाडा गाबिसको गाँउ बाल संञ्जाल र क्लबले आफनै गाउँलेलाई १० रोपनी जग्गा दान गराई जिल्लामै सार्बजनीक खेल मैदान नभएको अबस्थामा  बालबालिकाले खेल मैदान बनाउन थालेका हुन ।
 कार्किबाडा गाबिस वडानम्बर १ देखी ४ सम्मका १३ जना जग्गा धनीले बालबालिकालाई खेल मैदान बनाउका लागी १० रोपनी जग्गा दान दिएपछी गाँउ बिकास समितिले बालबालिकाको लागी छुट्टयाएको १५ प्रतिशत रकम मध्ये १० प्रतिशत बालबालिका आफैले खर्च गरुन भन्ने उदेश्यले रकम बिनियोजन गरिएको छ ।  सदरमुकाम गमगढी र जिल्लाका अन्य कुनै पनि स्थानमा सार्वजनिक खेल मैदान नभएको अवस्थामा कार्कीबाडा गाविसका  बालबालिकाले खेल मैदान निर्माणका लागि रकम प्रयोग गरेकोले जिल्लामै उदाहरणीय काम भएको गाबिस सचिब रेशम रावलको भनाई रहेको छ ।
कुल ४ लाख ६३ हजार ५ सय ३० रुपैयामा निमार्ण हुने खेलमैदानको लम्बाई १ सय ५० मिटर , ८० मिटर चौडाई हुने र एक महिना भित्र निमार्ण सम्पन्न कार्य गर्नका लागी डोजर प्रयोग गरिने कार्किबाडा गाँउ बालसञ्जालका अध्यक्ष भुपेस कुमार भामले बताए ।
 बालबालिकाको शारिरीको तथा मानसिक विकास गर्न मद्दत पुग्ने भन्दै स्थानीयवासीले खेल मैदान निर्माण गर्न लागेको र खेर गएको जग्गा बालबालिकाले प्रयोग गरोस भन्ने उदेश्येले १३ जनाले जग्गा दान दिएको जग्गा दाता कृष्णा भामले बताए ।

0 comments

बिचार लेख्नुहोस्..