गत वर्ष भन्दा यो वर्ष रारा घुम्ने पर्यटक बढे — समस्या जस्ताको त्यस्तै


मुगु न्युज डट कम

मुगु १२ माघ------- प्राकृति सम्पदाले भरिपुर्ण तथा पर्यटकिय सम्भावना बोकेको मुगु जिल्लाको रारा ताल घुम्ने पर्यटन अघिल्लो वर्ष भन्दा यो वर्षको पुषसम्म २२ प्रतिशतले बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

रारा ताल घुम्न आउने विदेशी पर्यटक आर्थिक वर्ष २०६९ । ०७०मा एक सय तिन जना रहेकोमा २०७० साउन महिना देखि पुष महिनासम्म रारा आउने विदेशी पर्यटकको संख्या ७५ पुगेर पर्यटक वृद्धि दर २२ प्रतिशत रहेको कार्यालयले जनाएको छ  भने घुम्न गत वर्ष विदेशी पर्यटकले रारा घुम्न आउदा लिएको प्रवेश शुल्क बापत ३ लाख  ९ हजार राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको पुस महिनासम्म २ लाख २५ हजार राजश्व संकलन भएको छ । निकुञ्ज कार्यालयले रारा घुम्न आउने दक्षिण एसियाली मुलुक सार्क मुलुकका पर्यटकबाट प्रवेश शुल्क बापत १५ सय र सार्क मुलुक भन्दा बाहिरका लाई ३ हजार शुल्क लिदै आएको छ ।

तर रारामा घुम्न आउने पर्यटकका लागि मनोरञ्जन गर्ने कुनै साधन छैनन भने बन्य जन्तु तथा बनस्पति अवलोकन गर्दा केहि बनस्पति  तथा बँदेल र कालिज बाहेक अरु वन्य जन्तु हेर्न मुश्किल छ । निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख गोपाल खत्रिले भने पर्यटक आउदा हामीलाई तालमा डुंगा सयर , साईकिलिङ्ग तथा अन्य मनोरञ्जनका साधन खोज्छन रारामा अरु त के एउटासम्म डुंगा छैन भएको पनि विग्रिसकेको छ । जनावर र पंक्षिका नाममा बँदेल र कालिज हेर्न सक्छन त्यहि पनि हिउँ परेको वेला मात्र खत्रिले भने । बढ्दो चोरी शिकारी तथा मध्यवर्ती क्षेत्र आसपासका वासिन्दाले आफ्नो क्षेत्रमा पर्ने बनजंगल संरक्षण भन्दा विनास गर्न अघि बढेका कारण पर्यटकले जिव जन्तु हेर्न खोजे कार्यालयमा राखिएका हिमाली कालो भालु, हिउँ चितुवा , मृग , कस्तुरीका छाला र रेड पाण्डाको चित्र हेरेर फर्किने गरेको कार्यालयको भनाई छ ुनको सहि प्रयोग नगर्दा यस्तो समस्या आएको मध्यवर्ती क्षेत्र आसपासका स्थानीय उपभोक्ताको भनाई छ । तर कार्यालयका कर्मचारीको गस्ती तथा निगरानी र का रारा घुम्न आउने पर्यटकका लागि तालको पानी , कोणधारी सल्लाको जंगल र हिमश्रृङ्खला बाहेक अरु केहि छैन । पर्याप्त तथा सुविधा सम्पन्न होटेल, विद्युतको अभाव मनोरञ्जनका साधनको अभाव लगायत धेरै कुराको अभाव हुँदा रारा घुम्न आउने पर्यटकले दुई दिन भन्दा बढि आफ्नो रारा बसाईलाई लम्ब्याउन सकेका छैनन ।

रारा घुम्न आउने पर्यटकले सोचे जस्ता राराका दृश्यहरु आफ्नो क्यामेरामा कैद गर्न नसक्ने अवस्था रहेको देखिन्छ । निमित्त कार्यालय प्रमुख खत्रिका अनुसार रारामा विद्युत अभावका कारण पर्यटकले आफनो क्यामेराको ब्याट्री चार्ज गर्न सक्दैनन भने भएको चार्ज पनि चिसोले काम गर्न सक्ने अवस्था छैन । रारा तालको पर्या पर्यटन प्राकृतिक स्रोत साधनको संरक्षण तथा पुर्वाधार विकासका लागि बार्षिक लाखौ रकम आउने भए पनि सो रकम बालुवामा पानी हाले जस्तो हुने स्थानीयवासीको भनाई रहेको छ भने राराको अवस्था जस्ताको त्यस्तै रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..