अनौपचारिक शिक्षा पछि युवती विद्यालयमा
सुमन मल्ल,,,
माँग्री ५ माघ ,मुगु----------------
सदरमुकाम देखि पाँच घण्टा पैदल हिडेपछि पुगिने माँग्री गाविसमा रहेको बुद्ध उच्च माध्यामिक विद्यालयमा अनौपचारिक कक्षा पढेर विद्यालय भर्ना हुने युवतीको संख्या बढेको छ ।
पहिले भाई बहिनी साना रहेकाले घरमा आमा बालाई काम सघाउन समय गयो । गाउँमा विद्यालय भए पनि पढ्न सकिएन , अहिले ३ महिना अनौपचारिक शिक्षाको विहान बेलुकि सञ्चालन हुने कक्षामा पढे पछि बा आमाले बुद्ध उमाविको कक्षा ७ मा भर्ना गरि दिए पछि पढ्न सुरु गरेको पुलु गाविस वडा नम्बर २ रिउस गाउँकी २० वर्षीय ढुवा साङ्गमु कामीले बताईन ।
कामी जस्तै साँझ विहान अनौपचारिक कक्षामा पढेका माँग्री गाविस वडा नम्बर ५ र ६ का १५ जना युवतीहरु विद्यालयमा भर्ना भई पढिरहेका छन । तर कामीको घर विद्यालय देखि निकै टाढा रहेकाले उनि आफन्तको घरमा बसेर विद्यालय जाने गरेकि छन । विद्यालयमा भर्ना भएका सवै युवतीहरु १५ वर्ष देखि २० वर्ष उमेर समुहका रहेका छन ।
यसै हप्ता बुद्ध उमाविका लागि असल छिमेकी नेपाल नामक गैर सरकारी संस्थाले सहयोग गरेको विज्ञान प्रयोगशाला र सामग्री तथा साहस नेपाल नामक संस्थाले सहयोग गरेको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरणका लागि पुगेका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले यसरी अनौपचारिक शिक्षा पढेर विद्यालय भर्ना भएका युवतीलाई सम्मान गरेका थिए । उनले भने यहाँका युवतीले नमुना योग्य काम गरेका छन उनिहरुका लागि शिक्षा कार्यालयले आवश्यक सहयोग गर्नेछ । यो सिकाई अन्य समुदायमा रहेका निरक्षर युवा युवतीका लागि प्रभावकारी हुन सक्छ , घिमिरेले भने ।
यसरी विद्यालय भर्ना हुनेमा ६ जना १५ वर्षका, तिन जना १६ वर्षका,तिन जना १८ वर्षका,दुई जना २० वर्ष र १७ वर्षका एक जना रहेका छन । जिल्ला भरिमा अनौंपचारिक शिक्षा अन्र्तगतका कक्षाहरु पुर्ण असफल भएको चर्चा चलिरहेका बेला पुर्वि करानका जनजाती समुदायले नमुना योग्य काम गरेका छन । करान क्षेत्रमा युएमएन नामक गैर सरकारी संस्थाले विद्यालय जान नसकेर पढ्न नपाएका युवतीका लागी गएको वर्ष तिन महिने अनौपचारिक कक्षा सञ्चालन गरेको थियो ।

0 comments
बिचार लेख्नुहोस्..