मुगुमा खेलकुद गतिविधी शुन्य
मुगु न्युज डट कम,
माघ २ मुगु-------
जिल्लामा भलिबल, फुटबल, कराँते, ब्याट म्यान्टिन तथा एथलेटिक्सका खेलाडी उत्पादन गर्न सकिने धेरै सम्भावना भए पनि जिल्ला खेलकुद विकास समितिको वेवास्ताका कारण खेलकुद गतिविधी सुनसान रहेको छ ।
खेलकुद विकास समिति राजनीतिक परिवर्तनसंगै फेर बदल हुने तथा खेलकुदलाई राजनिती करण गरिदा जिल्लाको खेल जगतको विकास हुन नसकेको स्थानीय खेलाडीहरुको आरोप छ । नयाँ वर्ष , दशै तिहारको अवसर पारेर युवा क्लबहरुले फुटबल , भलिबलको आयोजना गर्ने गरिरहे पनि जिल्ला सदरमुकाम गमगढीमा सार्वजनिक मञ्च र खेल मैदान नहुँदा खेलाडीले थप समस्या व्यहोर्नु परेको व्याटम्यान्टिन संघ मुगुका अध्यक्ष सिंह बहादुर मल्लले बताए ।
जिल्लाको खेलकुद क्षेत्रको लागि चाहिने बजेटको व्यवस्था हुन नसक्दा खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । वर्षको एक पटक हुने राष्ट्रपती रनिङ्ग शील्ड प्रतियोगिता बाहेक अन्य कुनै खेल गतिविधी हुन सकेका छैनन । अहिले मध्य पश्चिमाञ्चल विकास क्षेत्रका लागि विभिन्न खेलका लागि जिल्ला जिल्लामा खेलाडी छनौंठ गर्ने प्रक्रिया चलिरहे पनि मुगुमा नत खेलाडी छनौठ प्रक्रिया छ नत खेलकुद विकास समितिका पदाधिकारीहरु नै छन । क्षेत्रिय खेलकुद विकास समितिले खेलाडी छनौंठ गरि पठाउन एक हप्ता अगाडी पत्र पठाए पनि पदाधिकारीहरु जिल्लामा नहुँदा कुनै प्रक्रिया अगाढी बढ्न नसकेको खेलकुद विकास समितिको कार्यालय मुगुले जानकारी दिएको छ ।
जिल्लामा खेलकुद गतिविधिका नाममा व्याट म्यान्टिन मात्र चलिरहेको छ । सानो चौर भए पुग्ने भएपछि स्थानीय युवा, सरकारी कर्मचारीहरुको सक्रियतामा विगत दुई वर्ष देखि जिल्ला पशु सेवा कार्यालय, प्राविधिक कार्यालय, वन कार्यालय र प्रहरी कार्यालयमा प्रत्येक विहान व्याटम्यान्टिन खेल्नेको भिड लाग्ने गरेको छ भने शारिरिक व्यायम गर्न चाहने युवा, कर्मचारीहरुका लागि सहज भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..