बुझ बुझारथ नहुँदा काम विहिन


मुगु न्युज डट कम,,,,,,
माघ ५ मुगु-------------
 जिल्ला स्वास्थ्य कार्यालय मुगुमा नयाँ सरुवा भएर आएका लेखा अधिकृत र काजमा काम गरिरहेका लेखापालबीच कार्यालयका कागजातहरुको बुझबुझारथ नहुँदा दुवै जना काम विहिन भएका छन ।
 जिल्ला स्वास्थ्य कार्यालयका लागि लेखा अधिकृतको पदमा सरुवा भई दश दिन अगाडी जिल्ला पुगेका विष्णु बस्नेतको काम हिजो आज हाजिर गर्ने मात्र रहेको छ । काजमा काम गरिरहेका लेखापाल देवकिरण बुढाले आफुलाई कार्यालयका कागजात तथा बुझ बुझारथ नगरेको र कार्यालयमा समेत नआउदा आफु बेकामे अवस्थामा बस्नु परेको बस्नेतको भनाई छ । आफुले राम्रोसंग लेखा परिक्षण गरेको तथा सबै हिसाब किताब नमिलेसम्म कुनै कागजातको जिम्मा नलिने भने पछि बुढा सम्पर्कमा नै नआएको बस्नेतले दावी गरे । उनका अनुसार आफु आएको एक दिन मात्र कार्यालयमा बुढा आएका थिए ।
 अहिले जिल्ला स्वास्थ्य कार्यालय मुगुका कार्यालय प्रमुख रोशनलाल चौधरी जिल्ला बाहिर रहेका तथा कार्यालय प्रमुख नभएको अवस्थामा बुझबुझारथ गर्न नमिल्ने भएकाले प्रमुख चौधरी आएमात्र बुझाईने बुढाले बताए । जिल्ला स्वास्थ्य कार्यालय स्रोतका अनुसार बुढा काजमा कार्यारत रहँदा धेरै रकम हिनामिना भएकाले अहिले बुढालाई हिसाब मिलान गर्न कठिनाई भईरहेकाले पनि लेखा अधिकृतलाई लेखा फाँटको जिम्मेवारी बुझाउन गाह्रो भएको हो ।
 जिल्ला स्वास्थ्य कार्यालयमा काजमा रहेका लेखापाल बुढा कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुमा कार्यारत थिए भने उनि जिल्ला विकास समिति कालिकोटका लागि सरुवा भईसकेका छन ।

0 comments

बिचार लेख्नुहोस्..