विमान स्थल सुचारु गर्न जमेको हिउ फाल्न जुटे मुगाली
मुगु न्युज डट कम,
मुगु ६ माघ------------------
गत शनिवार भएको भारी हिमपातका कारण मुगुको रारा विमान स्थलमा एक फिट हिउ जमी हवाई सेवा बन्द हँुदा जिल्लाबाट काम विषेशले बाहिरीने र गम्भिर बिरामी यात्रुहरु उपचारका लागी सुविधा सम्पन्न स्थानमा पुग्न नसक्ने गरि हवाई सेवा अबरुद्ध भए पछि सोमबार जिल्ला स्थित सरकारी कार्यालय तथा गैर सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना , प्रहरी र सर्व साधारणले विमान स्थलमा जमेको हिउँ फालेका छन ।
आईतबार दिउसो जिल्ला प्रशासन कार्यालयमा सर्व पक्षीय बैठक बोलाई स्थानीय प्रशासनले जिल्लाबाट बाहीरीन कुनै उपाय नहुँदा यात्रु, विरामी अलपत्र परेको समस्या राखेपछि बैठकमा उपस्थित सबै पक्षले सोमबार विमान स्थलमा जमेको हिउँ हटाउन सहमत जनाएका थिए ।
गत वर्ष मात्र सदरमुकाम गमगढी राष्ट्रिय राजमार्गसँग सडक संजालमा जोडिए पनि बर्षामा पानी र हिउँदमा हिउँ जमी सडक बिग्रदा मुश्किलले चार महिनामात्र सडक संचालनमा आउने गरेको छ भने विमान स्थलमा पनि पानी तथा हिउँ परे हवाई सेवा अबरुद्ध हुने गरेको छ ।
अहिले हिमपातले मुगालीहरु बाहिरीने नाकाहरु जुम्ला र मुगुको सिमाना घुच्ची लेख तथा बाजुरा पुग्न प्रयोगमा आउने जेउडे खोलामा ३ फिट भन्दा बढी हिउँ जम्दा बाटाहरु बन्द भै आवत जावतमा कठिनाई भएकाले बाहिरी जिल्लामा जाने वैकल्पीक व्यवस्था नभएकाले यात्रृको सुविधाका लागी विमान स्थलको हिउँ हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी बताए । हिमपातका कारण सुर्खेत नेपालगञ्ज देखि मुगु सदरमुकाम गमगढीका लागि व्यापारिक तथा दैनिक उपभोग्य सामान बोकेर आएका माल बाहक गाडी नाग्म तथा जुम्लाको गोठि ज्युलामा रोकिएका छन ।

0 comments
बिचार लेख्नुहोस्..