परियोजना सञ्चालनका लागि अभिमुखि करण सम्पन्न
मुगु न्युज डट कम,
माघ ७ मुगु-------जिल्लाका विभिन्न दश वटा गाविसमा सुरक्षित समुदाय कार्यक्रम अन्र्तगत बाल संरक्षणका लागि सञ्चालन हुन लागेको परियोजनाका लागि मंगलबार जिल्ला स्थित सरोकारवाला निकायसंग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्डे«नको आर्थिक सहयोगमा किर्डाक नेपाल मुगुले जिल्लाका श्रीनगर ,कार्कीवाडा,पिना, रोवा, रुगा, रारा, सेरी ,श्रीकोट, , खमाले र गम्था गाविसमा जोखिमा परेका बालबालिकाहरुको संरक्षणका लागि गाउँ बाल संरक्षण समिति , बाल क्लब, गाविस पदाधिकारीहरु सहभागि हुने गरेर वैकल्पिक संरक्षण सम्बन्धि कार्यक्रम सञ्चालन गर्न जानकारी मुलक अभिमुखिकरण गोष्ठी आयोजना गरिएको समुदाय सुरक्षित कार्यक्रमका कार्यक्रम संयोजक डबलबहादुर रोकायाले बताए ।
एक वर्षे कार्यक्रमका लागि कार्यक्रम तर्फ २४ लाख ५५ हजार ९ सय ८४ र प्रशासनिक खर्च तर्फ १ लाख ४१ हजार ५ सय १८ गरि कुल रकम २५ लाख ९७ हजार ५ सय २ रुपैयाँ रहेको जानकारी गराईएको छ । वैकल्पिक स्याहारका लागि सडक नाटक , देउडा, अन्र्तक्रिया तथा जोखिममा परेका बालबालिकाको पहिचान गरि शैक्षिक, औषधी तथा आय आर्जन तर्फ सहयोग गर्ने बताईएको छ ।
0 comments
बिचार लेख्नुहोस्..