कार्य क्षेत्रमा हिडेका प्रहरी जवानको बाटोमा मृत्यु


मुगु न्युज डट कम ,,,,
माघ १२ मुगु----------------
जिल्ला प्रहरी कार्यालय मुगुबाट खत्याड भेकको ईलाका प्रहरी कार्यालय रातापानी तर्फ हिडेका एक जना प्रहरी जवानको विच बाटोमा नै मृत्यु भएको छ ।
 ईलाका प्रहरी कार्यालय रातापानी दरबन्दिमा कार्यारत प्रहरी जवान राजेन्द्रप्रसाद कुर्मी माघ ७ गते सदरमुकाम गमगढी आएका र ९ गते गमगढीबाट कार्य क्षेत्र फर्के पनि ११ गतेसम्म सम्बन्धित क्षेत्रमा नपुगेपछि उनको खोजी भएको थियो । शनिवार जिल्ला प्रहरी कार्यालय मुगु, ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौंकि श्रीकोटबाट प्रहरीको टोली कुर्मीको खोजीमा गएको थियो ।
कुर्मीको शव खत्याड भेकको बाउँपानी र निगालीबोट भन्ने स्थानको बीचमा खोलामा शनिवार साँझ भेटिएको बताईएको छ । स्थानीयवासीले शव कुर्मीको रहेको बताए पनि प्रहरी कार्यालयले घटना स्थलबाट प्रहरी नफर्कुञ्जेल शव कसको हो भनेर केहि भन्न नसकिने बताएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीका अनुसार प्रहरी निरिक्षक मित्रबहादुर आचार्य सहितको टोली घटना स्थल तर्फ शनिवार नै गईसकेको छ ।

0 comments

बिचार लेख्नुहोस्..