विमान स्थल आसपासका स्थानीयका घरहरु पहिरोको जोखिममा
मुगु न्युज डट कम ,
मुगु १ माघ --------------
ताल्च बिमान स्थल पुन निमार्ण तथा सुधार योजनाले गर्दा बिमान स्थलका पश्चिम तर्फ रहेका स्थानीयवासीका पाँच घर र नेपाल नागरिक उड्यन कार्यालयको अस्थाई टावर रहेको भबन समेत भास्सिन थाले पछि अहिले ति घरधनिको उठिबास हुने भएको छ भने बिमान स्थलको दक्षिण भागमा जम्मा भएर आउने बर्षाको पानीलाई उचित निकास नगर्दा कार्किबाडा गाबिस वडा नम्बर १ देखि ६ सम्मको सर्बसाधारणहरुको बर्षेनी खेति योग्य जग्गा जमिन कटान भईरहे आवश्यक रोक थाम हुन नसक्दा यहाँका करिब ३ सय घर धुरीहरु जग्गा जमिन बिहीन हुने अवस्थामा पुगेका छन ।
२०३८ सालबाट निमार्ण भई २५ बर्ष पछिमात्र निमार्ण सम्पन्न भई ०६० बैषाख १ गतेबाट जिल्लाको एक मात्र यातायातको साधन रहेको रारा (ताल्चा) बिमान स्थल संचालनमा आएको भएपनि कसैलाई फलिफाप गरेको छत कसैको उठिबास बनाउने भएको छ ।
झण्डै २५ बर्ष पछि मात्र संचालनमा आएको यो बिमान स्थलको पुन निर्माण तथा सुधार योजना चार बर्ष अघि देखि शुरु गरेको भएपनि अहिले उक्त सुधार योजनाले गर्दा बिमान स्थलको पश्चिम तर्फ रहेका घर धनीका घर र जग्गा भासिन थाले पछि स्थानीयवासीले बस्दै आएका घर छोड्न थालेका छन ।
०५२ सालमा बिमान स्थल निमार्ण हुने बेला कसैको पनि घर नभएका बेला आफनो मात्र घर बनाएको तथा अहिले बिमान स्थल पुन निमार्णले गर्दा पश्चिम तर्फको भागमा आधुनिक उपकरण प्रयोग गरी काम थाल्दा ठुला मेशीनको कम्पनले आफनो लगायत कुष्ण सेजुवाल र लक्ष्मि शाहीको घर समेत कुनै पनि बेला भासिने खतारा रहेको कार्किबाडा गाबिस वडानम्बर ३ निबासी सुर्य रावलले बताए । २०, ३० लाख खर्च गरि निमार्ण गरीएका घर नै छाड्नुपर्ने अबस्था रहेकाले कसैलाई बिमान स्थलले फलिफाप गरेको छ त कसैलाई उठी बास गर्ने भएको उनको गुनासो रहेको छ ।
आफनो घर बनाउदा बिमान स्थल देखि ९० मिटर टाढा बनाउनु पर्ने त्या पनि एक तले घर मात्र बनाउनका लागी नागरिक उड्यन कार्यलयले पहिल्य नै सर्ब साधरणलाई जानकारी दिएको भए पनि कसैले वास्ता नगर्दा समस्या भोग्नु परेको र अर्को घर जग्गा भासिनुको मुख्य कारण भनेको नै बिमान स्थलको माटोकै कारणले गर्दा घरधनि र सर्ब सभधरणले समस्या भोग्नु परेको बिमानस्थलमा रहेको अस्थायी संचार उपकरण राखेको काठको घर पनि कुन दिन भासिने हो डरै डरले बस्नु परेको छ ,नागरिक उड्यन कार्यालय ताल्चाका प्रमुख भिम दत्त पन्तको भने ।
बिमानस्थल पुन निमार्ण गर्दा निमार्ण स्थल देखि १० मिटर टाढा रहेको जग्गा भासिए पछि बेला बेला आयोजना प्रमुख लगायत निमार्ण कार्यको जिम्मा लिएको मृत संञ्जिवनी कन्ट्रक्सनलाई जानकारी दिएको भएपनि कसैले वास्ता नगरिदिएको र अब कित हामिहरुका घर जग्गा सरकारले अतिक्रमण गर्नु परयो कित क्षेतिपूति दिनु परयो जग्गा धनि दिनेश भामले बताए ।
पाँच वर्ष अघि निर्माण गरिएको मेरो घर अहिलेसम्म केहि भएको थिएन अहिले जहाँजको पार्किङ्ग स्थल बनाउन डोजरले तलबाट खने पछि घर भासिन थालेको छ । मैले काम रोक्न जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएको छु तर सुनुवाई भएको छैन , तारा एयरका ताल्च विमान स्थल स्टेशन प्रमुख लक्ष्मी शाहीले भने ।
बिमानस्थलको बर्षाको पानीले गर्दा कार्किबाडा गाबिस १ देखि ६ वडा सम्मका सर्ब साधरणको जग्गा बर्षेनी क्षेति गर्ना थालेपछी आयोजनालाई बिमानस्थलबाट निक्लिएको पानी सही रुपमा निकासि गर्नकालागी सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गर्दा समेत अहिले म्म सुनुवाई नगरी दिएकाले कुनै पनि बेला कार्किबाडा गाबिस १ देखि ६ वडासम्मका झण्डै सात आठ सय घरधुरीको उठिबास गराई दिने गाबिस सचिब रेशम बहादुर रावलले जानकारी दिए ।

0 comments
बिचार लेख्नुहोस्..