सहिद दिवसका अवसरमा रारा कप फुटबल प्रतियोगिता सुरु
मुगु न्युज डट कम
माघ १४ मुगु -
सहिद दिवसको अवसरमा मंगलवार देखि सदरमुकाम गमगढीमा १८ वर्ष उमेर मनिको खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।
गमगढी स्थित महाकाली नमुना उच्च माध्यामिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा ९ वटा बाल क्लबले सहभागिता जनाएका छन । रारा शान्ति बाल क्लब गमगढीले आयोजना सुरु भएको प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले उद्घाटन गरेका थिए ।
सहिद स्मृति रारा कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक रारा शान्ति बालक्लबले हिमाली बाल क्लब रुगालाई दुई शुन्य गोलले पराजित गरेको छ । प्रतियोगिता अबधिभर नक कम लिकका आधारमा खेलाईने आयोजकले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..