जग्गा अतिक्रमण र वन फडानीले मुगुका कुमालहरुको पेशा संकटमा


मुगु न्युज डट कम
मुगु १५ माघ,पुर्खौ देखि माटाको सामग्री बनाई जीबीकोपार्जन गर्दै आएका  जिल्लाको रोवा गाबिसको वडानम्बर ६ का कुमाल जातिको पेशा जग्गा अतिक्रण र वनफडानीले गर्दा संकटमा परेको छ ।
माँटोबाट बिभिन्न खाले भाँडा कुडा बनाई पुर्खौ देखि जीबीकोर्पाजन गर्दै आएका रोवा गाबिस ६ निबासी कुमाल जातहरुले प्रयोग गर्दै आएकोे गाँउ नजिकै रहेको माटो खानी अरु जातीका मान्छेले जंगल फडानी गरी जग्गा बनाउन थालेकाले उनिहरुको पेशा संकटमा परेको हो ।
रोवा गाबिस ६ निवासी कर्ण सिह कुमाल भन्छन , बाबु बाजे देखिको पेशा छोडौ भने कसरी छोडांै , नछोडांै भने गाँउ नजिक रहेको माटो खानीमा अरु जातका मान्छेले आफनो जग्गा बनाउन थालेकाले जग्गाबाट माटो ल्याउन नदिंदा  आफनो पेशा संकटमा परेको र यही पेशाबाट माटोको हाँडी,हुक्का चिलिम र अरु माटाका भाडा बनाई पुखौं देखि जीबिकोपार्जन गर्दै आईरहेका कुमालहरु अहिले कच्चा पर्दाथको अभाब र आधुनिक परिवेश सुहाउँदो तालिम, शिप र ज्ञान नहुँदा पनि पेशा संकटमा परेको बताउछन ।
जिल्लाको यहि गाँउमा मात्र पुखौं देखि बसो बास गर्दै आएका १५ घरधुरीका कमाल जातीका मानिसले यहि पेशा अंगालेको भए पनि अहिले कच्चा प्रदार्थको अभाब फेरी बजारमा आयतित रबरबाट निर्मित भाँडा कुडाले गर्दा आफुहरुले बनाएका सामन बिक्रि नहुँदा धेरैले यो पेशा छोडि सकेका भए पनि बाबु बाजे देखिको आफनो पेशा नछोड्ने बरु सरकार र गैर सरकारी संघ सस्थाले आबश्यक तालिम औजारका लागी ऋण लगानीको अवसर जुटाई दिए पेशालाई निरन्तरता दिन सकिने स्थानीय कर्णसिंह कुमाईको भनाई छ ।
माटो खानी भएको ठाँउमा अहिले सबैले जग्गा बनाएकाले आफनो जग्गामा माटो ल्याउन नदिने र गाँउ देखि दुई घण्टा टाढा रहेको जंगलमा माटो पाईने भएपनि बर्षेनी जंगल फडानीले गर्दा भू क्षय हुन थालेकाले माटो खानीनै हराउन थालेकाले यो पेशा झनै संकटमा परेको उनिहरुको भनाई रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..