कर्तव्य ज्यान मुद्दा दर्ता नगरिएको भन्दै सहिद दिवस बहिस्कार
सुमन मल्ल-
मुगु न्युज डट कम,
माघ १६ मुगु---------------
२०७० मंसिर २३ गते देखि वेपत्ता रहेका एक युवक एक महिना पछि मृत अवस्थामा भेटिएका र उनको हत्या भएको भन्दै परिवार जनले किटानी मुद्दा दिए पनि प्रहरीले दर्ता गर्न नमानेको भन्दै जिल्लाका राजनितिक दलहरुले सहिद दिवसमा प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी प्रहरी प्रमुख पुष्कर केसी लगायतका सरकारी अधिकारीहरुलाई बहिष्कार गरेका छन ।
गएको मंसिर २३ गते भिई गाविस वडा नम्बर ४ का १८ वर्षीय मोहन कुमार शाही काम विशेषले छिमेकि जिल्ला हुम्लाको श्रीनगर गाविसमा गएका वेला झै झगडा हुँदा प्रहरीको नियन्त्रणमा रहेको र सोही दिनबाट वेपत्ता रहेको तथा माघ ६ गते शाहीको शव मुगु जिल्लाको भिई गाविस वडानम्बर १ मा पर्ने कर्णाली नदिको गाडी खेल्ना दह भन्ने ठाउँमा शव भेटिए पछि परिवार जनले मुद्दा दर्ता गर्न खाज्दा प्रहरीले नमाने पछि जिल्लाका सबै राजनीतिक दलहरुले जिल्ला विकास समितिले आयोजना गरेको सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकारी अधिकारीलाई बहिष्कार गरेका हुन ।
कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय मुगुमा दर्ता हुनु पर्ने भन्दै बुधवार साँझ अवेर सम्म र विहिवार विहान भरि मुगुका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग छलफल गरे पनि मुद्दा दर्ता हुने संकेत नदेखिए पछि नेकपा एमाले, नेपाली काँग्रेस, एकिकृत माओवादी , राप्रपा , राप्रपा नेपाल लगायतका सवै राजनीतिक दलका नेता कार्यकर्ताहरु , सर्व साधारण सहिद दिवसका लागि कार्यक्रम हुने स्थान जिल्ला प्राविधिक कार्यालयको मैदानमा पुगे पनि प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी र प्रहरी प्रमुख पुष्कर केसी सहभागि हुन सकेनन भने सहिद दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम समेत भएन । दिउसो १२ बजे देखि १ बजेसम्म दलहरुबीच भएको छलफलले सहिद दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका सरकारी कार्यालय तथा प्रहरी प्रशासनका कुनै प्रतिनीधीलाई सहभागि नगराउने निष्कर्ष निकाले पछि राजनीतिक दल अधिकार कर्मि, सर्वसाधारणले मात्र दिवस मनाएका छन ।
मृतक शाहीका वुवाले आफ्नो छोराको हत्यामा हुम्ला जिल्ला श्रीनगर गाविसमा रहेको प्रहरी चौंकिमा कार्यरत प्रहरी हवल्दार बलराम गिरी, जवानहरु हरिप्रसाद जोशी र सितल भण्डारी लगायत अन्य पाँच जना स्थानीयवासीका नाममा कर्तव्य ज्यान मुद्दा दिन खोजे पनि प्रहरी कार्यालय मुगुले शव मुगु तर्फ भेटिए पनि मृतक शाही र हुम्लाका स्थानीय युवा तथा प्रहरी विच विवाद हुम्लामा भएकाले मुद्दा दर्ता हुम्ला नै हुने भन्दै प्रहरीले मुद्दा दर्ता नगर्ने भने पछि विहिबार एक बजेसम्म पनि प्रहरीले मुद्दा विषयमा लिन नमाने पछि सहिद दिवसमा उनिहरुलाई बहिष्कार गरेर आन्दोलन गर्न बाध्य हुनु परेको नेकपा एमाले मुगुका कार्यवाहक अध्यक्ष धर्मबहादुर शाहीले बताए ।
बुधबार साँझसम्म कर्तव्य ज्यान मुद्दाका लागि जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसिसंग मुद्दा मुगुमा नै दर्ता गर्न धेरै आग्रहगरे पनि प्रहरी प्रमुख केसिले नमिल्ने बताए पछि प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलाई यस विषयमा बुधवार साँझ भेटघाट गरि आन्दोलन गर्ने निष्कर्षमा पुगेको राप्रपा मुगुका अध्यक्ष राजबहादुर मल्लले बताए ।
श्रीनगर प्रहरी चौकिका प्रहरीको नाममा मुद्दा दर्ता गर्न खोजे राम्रो नहुँने भन्दै हुम्ला जिप्रकाका प्रहरी अधिकारीबाट धम्कि आईरहेको अवस्थामा मुद्दा दर्ता गराउन हुम्ला सदरमुकाम सिमिकोट पुग्न नसक्ने मृतकका बुवा शाहीले बताए । उनले भने , यदि यो मुद्दाको क्षेत्राधिकार मुगु प्रहरीलाई छैन भने शवको पोष्टमार्टम गर्न जिल्ला अस्पतालका डाक्टर रणबहादुर बोगटी र घटना स्थल मुचुल्का गर्न प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक मित्रबहादुर आचार्यको टोली किन पठाईयो । अहिले मुद्दा दर्ता गर्न नमान्नु ठुलो रहस्य छ शाहीले भने ।
मृतक शाही र उनिसंग विवाद गर्ने युवा तथा वेपत्ता भएको घटना हुम्ला तर्फ रहेको तथा प्रारम्भिक अनुसन्धानले पनि मुद्दा दर्ताको क्षेत्राधिकार समेत हुम्ला जिप्रकालाई नै रहेकाले मृतक शाहीका वुवाले दिन खोजेको मुद्दा हुम्ला नै दर्ता हने बताए । तर वेपता भएको स्थान हुम्ला रहे पनि मृतक शाहीको शव श्रीनगर प्रहरी चौकि हुम्लाको नजिकै मुगुको भिई गाविसको भु भागमा भेटिएकाले मुद्दा प्रहरी कार्यालय मुगुमा दर्ता भई अनुसन्धान समेत थालिनु पर्ने , मुगु प्रहरीको क्षेत्राधिकार भित्र यो मुद्दा नपर्ने भए दरपीठ गरि पठाईनु पर्ने , तर प्रहरीले त्यो पनि गर्न नमाने पछि पीडितलाई प्रहरीबाट नै थप पिडा थप्ने काम भएको कानुन व्यवसायि कुवेरजंग शाहीले बताए ।
गएको हप्ता मात्र जिल्ला अदालत मुगु भित्रै पुलु गाविसका दुई जना महिला मुद्दाको सिलशिलामा प्रतिवादीबाट कुटिएपछि अन्यायमा परेको भन्दै पिडीत महिलाले प्रहरीमा दिएको मुद्दा प्रहरीले लिन नमाने पछि सोमवार उनिहरुले मुद्दा हुलाकबाट पठाएका थिए ।
0 comments
बिचार लेख्नुहोस्..