राजनितिक दलहरुद्धारा चरणबद्ध आन्दोलनको घोषणा


मुगु न्युज डट कम
माघ १६ मुगु
एक महिना भन्दा बढि वेपत्ता पछि मृत अवस्थामा भेटिएका मुगु जिल्ला भिई गाविस वडा नम्बर ४ निवासी १८ वर्षीय मोहनकुमार शाहीको हत्यामा संलग्नलाई आवश्यक कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मुगुमा मृतकका आफन्तले किटानी जाहेरी दिए पनि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गर्न नमाने पछि विहिबार जिल्लाका राजनितिक दलहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन ।
विहिवार यहि विषयमा स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता प्रक्रियामा कुनै चासो नदेखाए पछि सरकारी अधिकारीहरुलाई बहिष्कार गरि सहिद दिवश मनाएका दलहरुले अपरान्ह चार बजे जिल्ला प्रशासन कार्यालय मुगुमा पुगेका दलहरुले चरणबद्ध आन्दोलनको तालिका सहित पाँच बुदे ज्ञापन पत्र बुझाएका छन ।
 नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माओवादी, राप्रपा , राप्रपा नेपाल, सदभावना पाटी , नेमकिपा, जन अधिकार फोरम , परिवार दल , नागरिक समाज प्रमुख तथा प्रतिनीधीहरुको संयुक्त हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाईएको हो । ज्ञापन पत्रमा माघ १७ गते गमगढी बजार बन्द गर्ने , १९ गते जिल्ला पशासन कार्यालय र प्रहरी कार्यालयमा धर्ना , २० गते सरकारी तथा गैर सरकारी कार्यालय अनिश्चित कालका लागि बन्द तथा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीलाई आवश्यक कारवाहीका लागि राष्टिय मानव अधिकार आयोग र अन्य सरोकारवाला निकायमा उजुरी दिने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।
 ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले मुद्दा दर्ता गर्ने विषयमा आफु गम्भीर रहेको र यस विषयमा सकारात्मक पहल अगाडी बढाउने बताए ।
 गएको मंसिर २३ गते भिई गाविस वडा नम्बर ४ का १८ वर्षीय मोहन कुमार शाही काम विशेषले छिमेकि जिल्ला हुम्लाको श्रीनगर गाविसमा गएका वेला झै झगडा हुँदा प्रहरीको नियन्त्रणमा रहेको र सोही दिनबाट वेपत्ता रहेको तथा माघ ६ गते शाहीको शव मुगु जिल्लाको भिई गाविस वडानम्बर १ मा पर्ने कर्णाली नदिको गाडी खेल्ना दह भन्ने ठाउँमा शव भेटिए पछि परिवार जनले मुद्दा दर्ता गर्न खाज्दा प्रहरीले मुगुको क्षेत्राधिकार भित्र नपरि हुम्लालाई त्यसको अधिकार रहेको भन्दै मुद्दा दर्ता गर्न नमाने पछि जिल्लाका सबै राजनीतिक दलहरुले पिडीत परिवारले न्याय पाउनु पर्ने भन्दै आन्दोलन सुरु गरेको आन्दोलनको नेतृत्व गरिरहेका राप्रपा नेपाल मुगुका अध्यक्ष राजबहादुर मल्लले बताए ।
मृतक शाहीका बुवा लक्ष्मणकुमार शाहीले आफ्नो छोराको हत्यामा हुम्ला जिल्ला श्रीनगर गाविसमा रहेको प्रहरी चौंकिमा कार्यरत प्रहरी हवल्दार बलराम गिरी, जवानहरु हरिप्रसाद जोशी  र  सितल भण्डारी लगायत अन्य पाँच जना स्थानीयवासीका नाममा कर्तव्य ज्यान मुद्दा दिन खोजे पनि प्रहरी कार्यालय मुगुले शव मुगु तर्फ भेटिए पनि मृतक शाही र हुम्लाका स्थानीय युवा तथा प्रहरी विच विवाद हुम्लामा भएकाले मुद्दा दर्ता हुम्ला नै हुने भन्दै प्रहरीले मुद्दा दर्ता नगर्ने भने पछि  जिल्लाका सबै दलहरुले आन्दोलन गर्न बाध्य हुनु परेको नेकपा एमाले मुगुका कार्यवाहक अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..