गरीवी निवारण कोषका योजना सम्पन्न भए बजेट आएन
मुगु न्ज्युज डट कम,
माघ १७ मुगु------------
गरीवी निवारण कोषले जिल्लाका स्थानीय गैर सरकारी संस्थासंग साझेदारी गरि सञ्चालन गरेका पुर्वाधार विकासका योजनाहरुको निर्माण कार्य सम्पन्न भएको वर्षौं विते पनि कोषले योजनाको रकम नपठाउँदा स्थानीय उपभोक्ता मारमा परेका छन भने साझेदार संस्थाहरु उपभोक्ताको जवाफ दिदैं हैरानी खेपी रहेका छन ।
कोषको स्थानीय साझेदार संस्था छायाँ क्षेत्र सामुदायिक विकास केन्द्र मुगु मार्फत श्रीकोट गाविस वडा नम्बर २ बराँतु गाउँमा खानेपानीको योजना सम्पन्न भएको आठ महिना विति सके पनि योजनाको दोस्रो किस्ताको रकम अहिलेसम्म आएको छैन । साझेदार संस्थाले गाउँमा सामुदायिक संस्था गठन गरेर योजना सञ्चालन गेको थियो । योजना सम्पन्न भएर मर्मत सम्हार गर्नु पर्ने अवस्था आईसक्यो , पछिल्लो किस्ताको रकम आएको छैन, गमगढी रोपधाउदा धाउदा हैरान भएको तथा गाउँलेहरुले रकम खाएको आरोप लगाउछन , उपभोक्ता समिति बराँतुकि कोषाध्यक्ष चाउँली बाँनियाले भनिन । उनको गाउँमा १७ लाखको खानेपानीको योजना सम्पन्न भईसकेको छ । अहिलेसम्म कोषले ९ लाख ८० हजार रकम आए पनि ७ लाख २० हजार रकम योजना सम्पन्न भएको ८ महिनासम्म पनि आएको छैन ।
कोषको अर्को साझेदार संस्था जनकल्याण ग्रामीण अनुसञ्धान तथा सामुदायिक विकास केन्द्रले समुदायमा सञ्चालन गरेका योजनाको अवस्था पनि उस्तै छ । कार्कीवाडा गाविस वडा नम्बर ७ सुपाकोटमा पनि सिचाईं कुलोको निर्माण कार्य सम्पन्न भएको पनि आठ महिना गईसके पनि पछिल्लो किस्ताको रकम आएको छैन । ६ लाखको सम्झौता भए अनुसार सम्पन्न भएको योजनाको दुई लाख रकम आउन अझै बाँकि रहेको संस्थाले जनाएको छ । यि दुई संस्थाका योजना उदाहरण मात्र हुन ।
छायाँ क्षेत्र, जनकल्याण, सप्रोस नेपाल, मुर्माटप र किर्डाक नेपाल गरिवी निवारण कोषका साझेदार संस्था हुन । यि संस्थाले सञ्चालन गरेका सिचाई कुलो , विद्युत , खानेपानी लगायतका दर्जनौ योजनाहरु सम्पन्न भए पनि योजनाको पुरै रकम स्थानीय उपभोक्ताले पाउन सकेका छैनन । योजना सम्पन्न भईसके पछि प्रतिवेदन कोषलाई उपलब्ध गराए पनि रकम आउन निकै समय लाग्ने गरेका कारण समुदायबाट गाली खानु परिरहेको स्थानीय साझेदार संस्थाका कर्मचारीहरु बताउछन । स्थानीय उपभोक्ताले कोषका योजना निर्माण सम्पन्न गरिसकेपछि रकम नपाएको लामै समय भए जस्तै स्थानीय साझेदार संस्थामा कार्यरत कर्मचारीहरुले पनि ८, ९ महिना देखि पारिश्रमिक नपाएको गुनासो गरिरहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..