मुद्दा दर्ता गर्ने भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
मुगु न्युज डट कम ,,,,
माघ १७ मुगु --------------
एक महिना भन्दा बढि वेपत्ता पछि मृत अवस्थामा भेटिएका मुगु जिल्ला भिई गाविस वडा नम्बर ४ निवासी १८ वर्षीय मोहनकुमार शाहीको हत्यामा संलग्नलाई आवश्यक कार्वाहीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका राजनीतिक दलहरुले शुक्रबार आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन ।
मृतक शाहीको हत्यामा संलग्न भएकाहरुको किटानी जाहेरी सहितको ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय मुगुमा नै दर्ता हुनु पर्ने भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माओवादी, राप्रपा , राप्रपा नेपाल, सदभावना पाटी , नेमकिपा, जन अधिकार फोरम , परिवार दल , नागरिक समाज प्रमुख तथा प्रतिनीधीहरुको संयुक्त हस्ताक्षर सहितको ज्ञापन पत्र बिहिवार जिल्ला प्रशासन कार्यालयमा बुझाईएका थिए । शुक्रवार गमगढी बजार बन्द घोषणा गरे पछि विहान दश बजे भएको छलफल पछि आईतवार दब बजे मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्कर केसीले प्रतिबद्धता जनाए पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको दलहरुले जनाएका छन । विहिबार दलहरुले १७ गते गमगढी बजार बन्द गर्ने , १९ गते जिल्ला पशासन कार्यालय र प्रहरी कार्यालयमा धर्ना , २० गते सरकारी तथा गैर सरकारी कार्यालय अनिश्चित कालका लागि बन्द तथा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीलाई आवश्यक कारवाहीका लागि राष्टिय मानव अधिकार आयोग र अन्य सरोकारवाला निकायमा उजुरी दिने जस्ता आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए ।
गएको मंसिर २३ गते भिई गाविस वडा नम्बर ४ का १८ वर्षीय मोहन कुमार शाही काम विशेषले छिमेकि जिल्ला हुम्लाको श्रीनगर गाविसमा गएका वेला झै झगडा हुँदा प्रहरीको नियन्त्रणमा रहेको र सोही दिनबाट वेपत्ता रहेको तथा माघ ६ गते शाहीको शव मुगु जिल्लाको भिई गाविस वडानम्बर १ मा पर्ने कर्णाली नदिको गाडी खेल्ना दह भन्ने ठाउँमा शव भेटिए पछि परिवार जनले मुद्दा दर्ता गर्न खाज्दा प्रहरीले मुगुको क्षेत्राधिकार भित्र नपरि हुम्लालाई त्यसको अधिकार रहेको भन्दै मुद्दा दर्ता गर्न मानिरहेको थिएन । दलहरुको चौतर्फि दवाव पछि प्रहरीले मुद्दा दर्ता गर्ने सहमति जनाएको हो ।
मृतक शाहीका बुवा लक्ष्मणकुमार शाहीले आफ्नो छोराको हत्यामा हुम्ला जिल्ला श्रीनगर गाविसमा रहेको प्रहरी चौंकिमा कार्यरत प्रहरी हवल्दार बलराम गिरी, जवानहरु हरिप्रसाद जोशी र सितल भण्डारी लगायत अन्य पाँच जना स्थानीयवासीका नाममा कर्तव्य ज्यान मुद्दा दिन खोजे पनि प्रहरी कार्यालय मुगुले शव मुगु तर्फ भेटिए पनि मृतक शाही र हुम्लाका स्थानीय युवा तथा प्रहरी विच विवाद हुम्लामा भएकाले मुद्दा दर्ता हुम्ला नै हुने अडान प्रहरीले लिएको थियो ।
0 comments
बिचार लेख्नुहोस्..