कार्कीवाडा गाविसको गाउँ परिषद सम्पन्न


मुगु न्युज डट कम,
पौष २५ मुगु-------------
आर्थिक वर्ष २०७१ । ७२ का लागि १ करोड बढिको अनुमानित बजेट प्रस्ताव गर्दै नमुना गाविस कार्कीवाडाको गणतान्त्रिक नेपालको छैठौं गाउँ परिषद विहिबार सम्पन्न भएको छ ।
 परिषदमा आगामी आर्थिक वर्षका लागि गाविस सञ्चालन अनुदान तर्फ ४ लाख ६२ हजार, कर्णाली रोजगार कार्यक्रम तर्फ २४ लाख ५६ हजार १ सय ९०, एल जि सिडिपी अन्र्तगत गाविस थप अनुदान २ लाख ७५ हजार ,गाविस अनुदान ३३ लाख ९९ हजार बाल अनुदान २१ लाख ६ हजार ७ सय २०, सामाजिक सुरक्षा तर्फ २१ लाख ७६ हजार २० , पुल संरक्षक तर्फ ६ हजार ६ सय र आनतरिक स्रोत तर्फ ६६ हजार गरि कुल १ करोड ९ लाख ४७ हजार ५ सय ३० रुपैंयाँको बजेट प्रस्ताव गरिएको छ ।
 गाविसको वडा नम्बर ५ र ६ मा रहेको गैर सरकारी संस्थाद्धारा सञ्चालित प्रसुति गृहमा सुत्केरी हुन आउने महिलालाई गाविसका तर्फबाट तिन सय सुत्केरी स्याहर खर्च दिने ,हरेक व्यक्ति साक्षर बनौं, हरेक दिन फरक फरक अक्षर चिनौ भन्ने मुल नारा सहित एक जनाले पाँच जना अनिवार्य साक्षर बनाउने, दैवी प्रकोप व्यवस्थापन कोषको स्थापना गर्ने लगायतका कार्यक्रमहरुको समेत प्रस्ताव गरिएको छ ।
चालु आर्थिक वर्षको बजेट अनुपातमा आगामी आर्थिक वर्षका लागि २१ दशमलब ८६ प्रतिशतले बजेट बढी प्रस्ताव गरिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..