विमान स्थल सुधार योजना — सम्झौता म्याद सकिदै ,नत दाम नत काम


सुमन मल्ल-----------
मुगु न्युज डट कम ,
पौष २२ मुगु ------------
मुगुको रारा ताल्च विमान स्थललाई कालो पत्रे गर्न गरिएको १५ महिने सम्झौताको अबधी सकिन करिब तिन हप्ता बाँकि रहँदासम्म नत विमान स्थलको काम सम्पन्न भएको छ नत योजनाका लागि छुट्याईएको बजेट नै खर्च भएको छ ।
 असार देखि असोज मध्यसम्म वर्षाका कारण नत जहाज चल्न सक्छ नत कुनै काम हुन्छ । दशै देखि पौषसम्म जहाज चल्ने हुँदा धावन मार्गमा काम गर्न सकिदैन । पुन हिमपात हुँदा विमान स्थलमा कुनै काम हुन सक्दैन । हवाई सेवा र निर्माण कार्य एकै साथ हुन नसक्ने भएकाले पनि तोकिएको अबधीमा सुधार कार्य सम्पन्न हुन ढिलाई भएको ताल्च विमान स्थल स्थित नेपाल नागरिक उड्ययन कार्यालयले जनाएको छ । यसले गर्दा नत सर्व साधारणले हवाई सेवा पाएका छन नत विमान स्थलको अवस्था सुधारिदो छ नागरिक समाजका अध्यक्ष ज्ञानेन्द्र शाहीले भने ।
अब हिमपात भए हवाई सेवा रोकिने छ भने फागुन बाट असारसम्म विमानस्थलको धावन मार्ग कालो पत्रे गर्न काम सुरु हुने भए पछि हवाई सेवा पनि बन्द हुने भएको छ । असार पछि वर्षा सुरु हुने हुँदा नत हवाई सेवा सुचारु हुन्छ नत काम नै हुन्छ ।
 ताल्च विमान स्थलको धावन मार्ग कालो पत्रे गर्न २०६९ कार्तिक १५ गते नेपाल नागरिक उड्ययन प्राधिकरणले मृत संजिबनी कन्ट्रक्सन प्रालीसंग १५ महिनाका लागि सम्झौता गरेको भए पनि सम्झौताको अबधी सकिन तिन हप्तामात्र बाँकि रहँदासम्म विमान स्थल सुधार योजनाको कति प्रतिशत काम सकियो कति बाँकि छ ुभन्ने कुरा निर्माण कार्यको जिम्मा लिएको निर्माण कम्पनिका राजु बर्तौलालाई समेत थाहा छैन । उनेले भने , कति प्रतिशत काम बाँकि छ कति सकियो भन्ने कुरा मलाई थाहा छैन आयोजनाका प्राविधिकले मुल्याँकन गर्दा मात्र थाहा हुन्छ । विमान स्थल कालो पत्रे गर्नका लागि काम भईरहेको र आगामी फागुन देखि धावनमार्गमा ढुंगा विछ्याउने काम सुरु हुने बर्तौलाले बताए ।
विमान स्थलको पुरानो योजना सम्पन्न हुन ढिलाई हुँदा यो योजना सर्दै आएको, गिट्टी कुट्न, ढुंगा विछ्याउने काम लामो हुने भएकाले सकिएको सम्झौतालाई थप गरेर २०७२ सालको जेठ असारमा विमान स्थलको कालो पत्रे गर्ने कार्य सम्पन्न हुने ताल्च विमान स्थल सुधार आयोजनाका प्रमुख नल विक्रम थापाले बताए । उनले भने हिउँदमा हिउँ पर्ने वर्षामा भारी बर्षा हुने कारण विमान स्थल सुधार आयोजना सम्पन्न गर्न ढिलाई भएको हो । कुल ११ करोड ५० लाखको आयोजनाका लागि सम्झौतामा तोकिएको १५ महिना सकिन लाग्दा समेत डेढ करोड मात्र खर्च भएको छ । अघिल्लो सम्झौता देखि खर्च हुन बाँकि र चालु आवका लागि रहेको ६ करोड खर्च गर्नु पर्ने छ । २०३७ सालबाट सुरु गरिएको विमान स्थलमा २०६०सालमा धुलौटे धावन मार्गमा विमान अबतरण गर्न सुरु गरेको भए पनि  विमान स्थलको  निर्माण कार्य भने अझै पुरा हुन सकेको छैन । आगामी फागुन देखि धावन मार्गमा कालो पत्रे गर्ने काम सुरु गरिए त्यो काम सम्पन्न नहुँदासम्म २०७२ जेठ सम्म विमान स्थलको हवाई सेवा पुर्ण रुपमा बन्द हुने सम्भावना देखिएको छ ।


0 comments

बिचार लेख्नुहोस्..