सेवा विस्तार हुदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
मुगु न्युज डट कम,
पौष २३ मुगु ------------------
स्थापना भएको एक वर्षमा नै आफ्नो सेवा विस्तार गर्न लागेको छ । प्रतिष्ठानले १ सय शैयासम्मको सेवा गर्ने लक्ष्य लिए अनुसार अहिले ५० शैयासम्मको सेवा प्रदान गरिरहेको प्रतिष्ठानका निर्देशक डाक्टर विकल्प पोखरेलले जानकारी दिए ।
भर्खरै मात्र पाँच जना ब्याचुलर अफ नर्सिङ , पन्ध्र जना स्टाफ नर्श, ६ जना अहेव, ६ जना अनमि , एक एक जना प्रसासकिय अधिकृत र लेखा अधिकृत गरि ४४ स्थायी पदपुर्ति भएको प्रतिष्ठानका प्रसासकिय अधिकृत द्धन्द्धबशादुर शाहीले बताए ।
हड्डि , प्रसुति, एपेण्डिक्स र हर्नियाँको शल्यक्रिया सेवा प्रदान गरिरहेको प्रतिष्ठानमा छ जना विभिन्न रोग विषेशज्ञ र ८ जना मेडिकल अधिकृत कार्यारत रहेका छन भने प्रतिष्ठानलाई भौतिक पुर्वाधारको अभाव रहेको प्रतिष्ठानले जनाएको छ । गत वर्ष प्रतिष्ठानले ८ र यो वर्ष २ जनालाई डाक्टर पढाईरहेको छ । कर्णाली अञ्चल अस्पताललाई प्रतिष्ठानले प्रयोग गर्दा पुर्वाधारको समस्या रहे पनि विरामीलाई तत्काल रिफर गर्नु नपरेको ,छिट्टै आई सि यु सेवा सञ्चालन हुने तथा प्रतिष्ठानका लागि आवश्यक पर्ने उपकरण आईरहेको निर्देशक पोखरेले बताए । जाडो बढ्नु भन्दा अगाडी दैनिक एक सय बढि विरामी आउने गरेकोमा अहिले रुघा खोकिका मात्र ५० जना विरामी दैनिक प्रतिष्ठानमा आउने गरेका र त्यसमा वृद्धवृद्धा र बालबालिका बढि रहेको डाक्टर पोखरेलले बताए । कर्णाली अञ्चलमा प्रतिष्ठान सञ्चालनमा आए पछि न्युरो बाहेक अरु सवै सेवा प्रदान गरिदै आएको छ भने प्रतिष्ठानका लागि विद्युतको समस्या भएको छ । अब केहि दिन भित्रै व्याकअप पनि व्यवस्था हुन्छ पोखरेलले भने ।
0 comments
बिचार लेख्नुहोस्..