अबैध गर्भपतन गराउनेको संख्या बढ्दै
मुगु न्युज डट कम,
पौष २३ मुगु ------------------
जिल्लामा अबैध गर्भपतन गराउनेको संख्या दिन प्रतिदिन बढिरहेको जिल्ला अस्पताल मुगुले जनाएको छ । अबैध रुपमा गर्भपतन गराउन सदरमुकाममा रहेका निजी मेडिकलहरुबाट औषधी सेवन गर्ने र अत्याधिक रक्तस्राव हुँदा स्वास्थ्य अवस्था विग्रिए पछि थप उपचारका लागि महिलाहरु जिल्ला अस्पताल आउने गरेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
गर्भपतन गराउन निजी मेडिकलबाट जथाभावि औषधी सेवन गर्ने र औषधी सेवन पछि अत्याधिक रक्तश्राव भई जिल्ला अस्पतालमा उपचार गराउन आउनेको संख्या साउन देखि यता एक दर्जन पुगेको जिल्ला अस्पतालले जनाएको छ । औषधी सेवन पछि स्वास्थ्य अवस्था जटिल बनेर जिल्ला अस्पताल पुग्नेको संख्या दर्जन पुगे पनि अस्पताल नपुगि घरेलु उपचार गराउने महिलाको संख्या अझ बढि हुन सक्ने अस्पतालको अनुमान छ । सदरमुकाम गमगढीमा सञ्चालनमा रहेको एक मेडिकलका सञ्चालकले भने महिनामा पन्ध्र विस जनाले गर्भपतन गराउन औषधी खोज्न आउने गरेको बताए । उनले भने , यसरी औषधी खोज्न आउनेमा वर्ष वर्ष बच्चा जन्माउने दम्पति बढि रहेकाछन । तिन महिनासम्मको गर्भ पतन गर्न सकिने भए पनि पाँच महिना सम्मको गर्भ पतन गराउन खोज्दा महिलाको स्वास्थ्य अवस्था खतरामा पर्ने गरेको अस्पतालको भनाई छ ।
सरकारले अवैध गर्भपतनलाई कानुनी रुपमा सुरक्षित र बैधता प्रदान गरे पछि सरकारी स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आएको छ । सरकारले १२ हप्तासम्मको गर्भलाई तालीम प्राप्त स्वास्थ्यकर्मिबाट गर्भ पतन गराउन सक्ने व्यवस्था गरेको छ । त्यस्तै हाड नाता र जर्वजस्ती करणीबाट गर्भ रहेको अवस्थामा गर्भपतन गराउनु पर्दा १८ हप्ता र आमाको ज्यान जोखिममा रहेको अवस्थामा १४ हप्ताको गर्भ पतन गराउन सक्ने सरकारले कानुनी व्यवस्था गरेको छ ।
जिल्ला अस्पताल मुगुमा सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आए पनि गत साउन देखि यो सेवा सञ्चालनका लागि तालीम लिएका डाक्टर अर्जुन भट्ट अध्ययनका लागि गएपछि अन्य तालीम प्राप्त स्वास्थ्यकर्मि नहुँदा यो सेवा सञ्चालन हुँन सकेको छैन ।
0 comments
बिचार लेख्नुहोस्..