विद्युत आयोजनाको काम गर्दा रुख ढलेर चार जना घाईते


पुष्प शाही ------------------------
मुगु न्युज डट कम,
पौष २४ डोल्पा,
डोल्पा जिल्लाको माझपाल गाविस वडा नम्बर २ लाहर गाउँ स्थित रोल गाढ लघु जल विद्युत आयोजनाको नहर निर्माण गर्ने क्रममा रुख ढल्दा चार जना स्थानीयवासी घाईते भएका छन ।
विद्युतको कुलो खनिरहेको अवस्थामा कुलोमा परेका रुख ढल्दा स्थानीयवासी मनबुझा रोकाया, सिता बुढा,गोपी रोकाया र सोभा बुढा मंगलबार बेलुकि घाईते भएका हुन । घटना स्थलबाट  तिन घण्टाको पैदल पछि मंगलबार अबेर राती जुफाल पुगे पछि घाईतेको स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने घाईतेको अवस्था गम्भीर भए पनि हवाई सेवा अवरुद्ध भएका कारण थप उपचार गराउन नेपालगञ्ज लिन समस्या भईरहेको घाईतेका आफन्तले बताएका छन ।
 लघु जल विद्युत आयोजना लाहर गाउँका स्थानीयवासीको श्रमदानमा निर्माण गर्न लागिएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..