सडक सञ्जालमा जोडिएसंगै मुगुमा घर जग्गा कारोवारमा वृद्धि
नृपेन्द्रबहादुर मल्ल---
मुगु न्युज डट कम--------
मुगु २४, पौष,
सदरमुकाम गमगढी केन्द्रीय सडक सञ्जालसंग जोडिएकोे एक वर्षमै जिल्ला सदरमुकाम गमगढी र आसपासका श्रीनगर,पिना,कार्कीवाडा,रोवा लगायतका गाविसहरुमा घर जग्गा खरीद विक्रिको कारोवारोमा वृद्धि भएको छ ।
२०३७ सालमा सदरमुकामको स्थापना भएको समयमा एक सय रुपैयाँको मिटरवाट शुरु भएको जग्गाको खरीद विक्रि मुल्य गत बर्ष प्रती मिटर ३ लाखमा खरिद विक्रि हुँदै आएको थियो । जिल्लामा गत पौष १ गते देखि केन्द्रिय सडक संजालमा जोडिएपछि एक वर्ष भित्रै उक्त मुल्य बढेर प्रति मिटर जग्गाको न्युनतम ३ लाख देखि ५ लाख मूल्यमा खरिद बिक्री भैरहेको छ ।
जिल्ला सदरमुकाम आसपास र नाग्म गमगढी सडकमा रहेको जग्गा नयाँ वजारीकरण तथा वस्ती विस्तार हुने सम्भावना रहेकाले सर्वसाधारणको जग्गा खरीद विक्रि गर्ने पेशा नै स्थापना हुनथालेको छ भने जिल्ला मालपोत कार्यालयमा आर्थिक वर्ष ०६८÷७९ भरीमा ४ सय जनाले जग्गा खरीद विक्री गरेको मालपोत कार्यालयको तथ्यांकले देखाएको छ । यता गत श्रावण महिना देखी हाल सम्म ५ सय १० जनाले खरीद विक्री गरेको तथ्याङमा उल्लेख गरीएको छ । हिजो आज जिल्ला मालपोत कार्यलयमा ७ देखी १२ जना जग्गा खरीद विक्रीका लागी दिनहुँ आउने गरेको जिल्ला मालपोत कार्यलयका सुचना अधिकारी धिर वहादुर शाहीले जानकारी दिए ।
जिल्ला सदरमुकामको मुख्य क्षेत्रमा एक वर्ग मिटरको १० हजार राजश्व कायम गरेको भए पनि घर जग्गा खरिद विक्रि गर्नेले उच्च मुल्यमा कारोबार गर्ने तर राजश्व छल्नका लागि रजिष्टेशनमा कम मुल्य हाल्ने गर्दा राजश्वमा छलि हुने गरेको कार्यालयको दावी छ ।
गत वर्षहरुमा जग्गाको माग मुगुमा फाट्फुट हुने गरेको भएपनी जिल्लाको ताल्च , रारा तालको आसपास मुर्मा गाउँमा सदरमुकाम आसपासका क्षेत्र तुम,कार्कीवाडा, श्रीनगर ,जिल्ला अस्पताल , मुगु गाविसको मुगु तथा पिना गाविसको केही स्थानमा जग्गा खरीद मुल्य एक्कासी बढेको छ । जिल्लाकै अन्य स्थानमा स्याउ र जडिवुटी खेतीका लागी पनी जग्गा खरीद गर्न आउने गरेको स्थानिय जग्गा धनीहरु वताउछन ।
स्थानिय वासीमा सदरमुकाम वस्ने मोह बढदै जानु ,व्यापार व्यवसायका कारण जग्गा खरीद विक्री गर्ने कार्य वढ्दो भएको हो । जग्गाको खरीद विक्रीमा दलाली पेशा गर्नेहरुका कारण पनी जग्गाको मुल्य आकासीएको कतिपयको भनाई छ ।
दक्षिणबाट राष्टिय राजमार्गसंग जोडिईसकेको मुगु जिल्ला सदरमुकाम केहि वर्ष भित्र उत्तर हुम्ला,पुर्व चिनको स्वशासित क्षेत्र तिब्बतसंग सडक मार्ग जोडिए सुख्खा व्यापारीक केन्द्र बन्ने सम्भावना रहेको तथा यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थानका कारण यो जिल्लामा पर्यटन व्यवसायको समेत राम्रो सम्भावना रहेकाले अहिले जिल्ला भित्र र बाहिरका सर्वसाधारण तथा व्यापारी घर जग्गा खरिदमा सक्रिय हुनुको प्रमुख कारण रहेको उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष नरविर रावतले दावी गरे ।
0 comments
बिचार लेख्नुहोस्..