मुगुमा फेरि हिमपात सुरु, चिसोले जनजीबन कष्टकर

मुगु न्युज डट कम,
मुगु पौष २७----
शनिवार विहानै देखि बादलले आकास ढाके संगै मध्यान्ह देखि हिमपात सुरु भएको छ भने हिमपातका कारण चिसो बढ्दा जन जीबन कष्टकर बन्दै गएको छ ।
 सदरमुकाम गमगढी बजार चिसोका कारण विहानै देखि बन्द रहेको छ भने मानिसको आवत जावत र चहल पहल समेत कम छ । सदरमुकाममा हिउँ नझरे पनि आसपासका रारा , ताल्च, पिना, रोवा , रुगा, माँग्री, पुलु,किम्री, डोल्फु , मुगु , खमाले , सेरी, जिमा फोतु ,कालै , धैनकोट लगायतका गाविसमा रहेका उच्च हिमाली बस्तीमा हिमपात भईरहेको छ । हिमपातका कारण पशु चौपाया बनमा लिन नसकिएको तथा मान्छेलाई घर बाहिर निस्किन समेत गाह्रो भईरहेको स्थानीयवासीले बताएका छन ।
 यो वर्ष गत वर्ष भन्दा २० दिन अगाडी नै हिमपात सुरु भएको छ भने यो दोस्रो पटकको हिमपात हो । पौष १५ गते सदरमुकाम गमगढीसम्म नै एकाएक हिउँ झरे पछि जनजीबन प्रभावित बनेको थियो । यो पटक उच्च हिामाली क्षेत्रबाट विस्तारै हिमपात सुरु भएको यो क्रम लामो समयसम्म रहनसक्ने बुढा पाकाको अनुमान छ । लामो अबधीसम्म हिमपात हुँदा सदरमुकामलाई समेत हिउँले ढाक्न सक्ने अनुमान बुढा पाकाले गरेका छन ।

0 comments

बिचार लेख्नुहोस्..