गरिब परिचय पत्र वितरण कार्यक्रम अलपत्र


मुगु न्युज डट कम ,
माघ १८ मुगु--------------
नेपाल सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति मार्फत गरिबी न्युनिकरणका लागि गरिब घरधुरीको पहिचान गरि गरिब परिचय पत्र वितण गर्न कार्यक्रम ल्याए पनि मुगुमा यो कार्यक्रम अलपत्र परेको छ ।
 स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजि सिडीपी का २४ वटै गाविसमा रहेका सामाजिक परिचालकहरुलाई आवश्यक तालीम दिएर गरिब घरधुरी सर्वेक्षण गरिएको भए पनि जिल्लाका ९ हजार ६ सय घरधुरी मध्य कतिले गरिब परिचय पत्र पाउने भन्ने कसैलाई थाहा छैन । आर्थिक वर्ष २०६९ । ०७० मा सरकारले गरिब घरधुरी सर्वेक्षण गरि गरिब परिचय पत्र वितरण गर्ने गरि जिल्ला विकास समिति मुगुमा गरिब परिचय पत्र वितरण समन्वय समितिको सचिवालय समेत स्थापना भएको थियो ।
जिल्लाबाट घरधुरी सर्वेक्षण गरि मन्त्रालयमा पठाईसकिएको तथा त्यो भन्दा अन्य कुनै कुरा आफुलाई जानकारी नभएको जिल्ला विकास समिति मुगुका निमित्त स्थानीय विकास अधिकारी जानक बहादुर मल्लले बताए । उनका अनुसार जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीको संयोजकत्वमा समन्वय समिति गठन भई सचिवालय स्थापना भएको तथा गएको भदौ र असोज महिनामा एल.जि.सिडी.पिका सामाजिक परिचालकले घरधुरी सर्वेक्षण गरेका थिए । अहिले जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी लगायतका सबै कर्मचारी जिल्ला बाहिर रहेकाले जिविसको कार्यालय खुला हुने भए पनि फाँटहरु भने बन्द हुँदा यस्ता प्रकारका जानकारी र सेवाग्राहीले सहज सेवा पाउन सकिरहेका छैनन ।

0 comments

बिचार लेख्नुहोस्..