फुटबल प्रतियोगितामा धाँधली भएको भन्दै खेल बहिष्कार
मुगु न्युज डट कम
माघ १८ मुगु
रारा शान्ति बाल क्लब गमगढीले सहिद दिवसका अवसरमा आयोजना गरिएको राराकप फुटबल प्रतियोगिताका खेलहरुमा धाँधली गरिएको भन्दै प्रतियोगितामा सहभागि भएका ए वान स्पोर्टस क्लब श्रीनगरले खेल बहिष्कार गरेको छ ।
माघ १४ गते देखि सुरु भएको प्रतियोगितामा सहभागि भएका नौं वटा समुहहरुमा लिक कम नक आउट प्रक्रियाद्धारा खेलाईएका खेलमा मुख्य रेफ्रि पारसमणि मल्लले एक तर्फि रुपमा प्रतियोगितामा पक्षपात गरेको भन्दै क्लबले प्रतियोगिता बहिष्कार गरेको जनाएको छ । आयोजक पनि आफै रेफ्रि पनि आफै रहेको तथा केहि रुपमा प्रतियोगितामा राजनीतिकरण गरिएको एवान स्पोर्टस क्लबले जनाएको छ । शुक्रबार भएको एवान र रारा शान्ति बालक्लब बिचको प्रतिस्पर्धामा पनि पक्षपात भएको भन्दै एवानले खेल विचमा नै छोडेको थियो ।
0 comments
बिचार लेख्नुहोस्..