बैंकमा ईन्टरनेट नहुँदा सेवाग्राहीलाई सास्ती
मुगु न्युज डट कम,
माघ २७ मुगु,,,,
मुगुमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा एक साता देखि ईन्टरनेट सेवा अबरुद्ध हुँदा सेवा ग्राही मर्कामा परेका छन ।
बैंकले बैंकिङ कारोबार ईन्टरनेट प्रणालीबाट गर्दै आएको भए पनि एक साता यता ईन्टरनेट अबरुद्ध हुँदा सेवा ग्राही मर्कामा परेका छन । बैंकबाट रकम अन्यत्र पठाउदा र प्राप्त गर्दा सोझै ईन्टरनेट मार्फत नेपाल अधिराज्य भर रहेका बैंकका शाखा कार्यालयहरुबाट रकम झिक्न र जम्मा गर्न सकिने सुविधा रहेको थियो ।
तर एक हप्ता यता अबरुद्ध भएको ईन्टरनेट सेवा अबरुद्ध भए पछि जिल्ला बाहिर रकम पठाउदा सेवा ग्राहीले एक सय पचास रुपैयाँ तिर्नु परेको छ । यसरी जिल्लाबाट बाहिर जिल्लामा रकम पठाउदा ईन्टरनेटका माध्यमले अधिराज्य भर जुनसुकै शाखामा रहेका खातावालाका नाममा रकम जम्मा गर्दा कुनै रकम नलाग्ने भए पनि ईन्टरनेट नहुँदा रकम पठाउदा फ्याक्स र टेलिफोन गर्नु पर्ने हुँदा एक सय पचास शुल्क लिनु परेको राष्ट्रिय बाणिज्य बैंक मुगु शाखाले जनाएको छ ।
नेपाल टेलिकमको मुगु शाखाले प्रदान गरेको एडिएसएल ईन्टरनेट सेवा जडान गरि बैंकले बैंक कारोवार गर्दै आएको भए पनि बैंकको केन्द्रीय कार्यालयले मुख्य सर्भर बन्द गरिदिएकाले समस्या आएको बैंकका प्रबन्धक दशरथकुमार मल्लले बताए ।
यो समस्या जिल्लाको होईन , केन्द्रले नै मुख्य सर्भर बन्द गरिदिएको छ । यो समस्या अझै हप्ता दिनसम्म रहन्छ प्रबन्धक मल्लले भने । दैनिक पाँच करोडसम्मको कारोवार हुने भए पनि ईन्टरनेट सेवा अबरुद्ध हुँदा अहिले ८० प्रतिशतले कारोवारमा कमि आएको बैंकले जनाएको छ । जिल्लाबाट बाहिर जिल्लामा रकम पठाउन खोज्ने सेवा ग्राहीले चर्को शुल्क तिरेर मनि ट्रान्सफरबाट रकम पठाईरहेका छन ।

0 comments
बिचार लेख्नुहोस्..