सरकारी कार्यालय अनुगमन, डेढ सय बढि कर्मचारी छड्केमा
मोहन कुमार मल्ल,
मुगु न्युज डट कम ,
माघ २६ मुगु-----
जिल्लामा रहेका तिन दर्जन सरकारी कार्यालयका कार्यालय प्रमुख र अन्य कर्मचारी नहुँदा सेवा ग्राहीले सहज रुपमा सेवा पाउन नसकेका गुनासाहरु आए पछि आईतबार जिल्ला प्रशासन कार्यालय मुगुले सरकारी कार्यालयको अनुगमन निरिक्षण गरेको जनाएको छ ।
सरकारी कार्यालयका कार्यालय प्रमुख र कर्मचारी नहुँदा ति कार्यालयबाट प्रवाह गर्ने सेवा सुविधा अबरोध हुनुका साथै कार्यालयका दैनिका काम काज र विकास निर्माणका कार्यहरु अबरोध भएका हुन । जिल्ला प्रसासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीको नेतृत्वमा खटिएको टोलीले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, खानेपानी, पशु सेवा कार्यालय, नापी, बन, कृषी, मालपोत , महिला तथा बालबालिका कार्यालय लगायत एक दर्जन सरकारी कार्यालयहरुको अनुगमन निरिक्षण गरिएको हो ।
अनुगमन निरिक्षण गर्दा खानेपानीका कार्यालय प्रमुख मोहमद तजमुल जिविसका स्थानीय विकास अधिकारी भरत गौतम, लेखापाल अनिल ढुंगाना , पशु सेवा कार्यालय मुगुका प्रमुख रामचन्द्र नायक, जिल्ला ईन्जिनियर विर बहादुर रावल,ड्रिल्पिका ईन्जिनियर शैलेन्द्र कुमार शाह, लगायतका कार्यालय प्रमुखहरु मंसिर तेस्रो साता देखि अनुपस्थित देखिएका छन ।
अनुगमन गरिएका सरकारी कार्यालयहरु मध्य जिल्ला विकास समिति मुगुमा कार्यारत ८० कर्मचारीहरु मध्य १० जना मात्र उपस्थित देखिएका छन । अधिकाँश कार्यालय प्रमुख र कर्मचारीहरुको हाजिरमा काज विदा कुनै उल्लेख नगरिएको पाईएको अनुगमन टोलीले बताएको छ । आईतवारको अनुगमन निरिक्षणका क्रममा जिल्ला आयुर्वेद औषधालयका प्रमुख डाक्टर पुनेश्वर केसरी एक वर्ष देखि जिल्लामा नभई विभागमा काजमा बसेका छन भने ड्रिल्पि आयोजनाका ईन्जिनियर शैलेन्द्र कुमार शाह साउन देखि अनुपस्थित रहे पनि मंसिर महिनासम्मको तलब भत्ता लिई सकेको पाईएको छ ।
नेपाल सरकारले जिल्लामा रहेका सरकारी कार्यालयहरुको अनुगमन निरिक्षण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गरेको भए पनि कार्यालय प्रमुख तथा कर्मचारीहरु अनुपस्थित हुँदा कारवाहीका लागि सम्बन्धित मन्त्रालय र विभागमा पठाए पनि सम्बन्धित कार्यालयका विभाग र मन्त्रालयले काज तथा विदा स्वीकृत गर्ने गरेकाले प्रशासन कार्यालयले गर्ने अनुगमन निरिक्षण निष्प्रभावि हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ ।

0 comments
बिचार लेख्नुहोस्..