गमगढी बजारका २५ प्रतिशत घरमा शौचालय बन्न बाँकि
सुमन मल्ल-----------
फगुन १ मुगु-
जिल्ला भरिमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियान सञ्चालन भइरहे पनि सदरमुकाम गमगढीमा नै शौचालयको समस्या देखिएको छ ।
सदरमुकाम गमगढीमा रहेका तिन सय घरधुरीमध्य करिब असि घरधुरीमा चर्पी नबनेको श्रीनगर गाविसले जनाएको छ । सदरमुकाममा १ सय २२ घरधुरी अस्थायी, २० धरधुरी स्थायी वसाई सराई गरि आएका व्यक्तिका छन भने बाँकि स्थानीयवासीका छन भने अव्यवस्थित बजार विस्तार तथा भौतिक संरचना निर्माणले पनि सदरमुकामको सरसफाईको क्षेत्रलाई प्रभावित बनाएको छ ।
बजारका चारवटा स्थानमा सार्वजनिक जग्गा भए पनि व्यक्तिले अतिक्रमण गरि घर निर्माण गरेका र छोड्न नमाने पछि सार्वजनिक शौचालय बनाउन नसकिएको गाविस सचिव नन्दबहादुर मल्लले बताए । सदरमुकाम रहेको श्रीनगर गाविसलाई खुला दिसा मुक्त गाविस घोषणा गर्न यसै हप्ता देखि चर्पी बनेका घरधुरीलाई सरसफाई परिचय पत्र वितरण गरिने भएको छ । यो परिचय पत्र पाउनेले सरकारी तथा गैर सरकारी निकायबाट पाउने सबै सुविधा परिचय पत्र देखाएर सेवा लिने र परिचय पत्र नपाएका घरधुरीले यि सवै सेवा सुविधाबाट बञ्चित हुने गाविसको भनाई छ ।
जिल्ला भरिका २४ वटा गाविसहरुमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न एक घर १ शौचालय निर्माण गर्न कर्णाली रोजगार कार्यक्रमको रकम लगानी गरिएको छ । जिल्ला भरिका गाविसहरुमा चालु आर्थिक वर्ष र गत आर्थिक वर्षमा कर्णाली रोजगारको झण्डै ६ करोड बढी यो अभियानमा लगानी गरिएको भए पनि परिणाम सकरात्मक आउन सकेको छैन । अहिलेसम्म जिल्लाका २४ गाविस मध्य ७ वटा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको भए पनि खानेपानीको पर्याप्त व्यवस्था नहुदा समस्या देखिएको छ ।
सदरमुकाम गमगढीमा सवै भन्दा बढी मान्छेको चाप हुने भए पनि अहिलेसम्म सार्वजनिक शौचालयको व्यवस्था हुन सकेको छैन । खानेपानीको आपुर्ति सहज र सुलभता नभएको , बजारमा रहेका अधिकाँश घर धनीका घर भाडामा दिएका तथा त्यस्ता घरमा होटेल व्यवसाय हुने गरेका छन भने मान्छेको वाक्लो उपस्थिती हुँदा चर्पी छिटो भरिने हुँदा थप समस्या हुने गरेको होटेल व्यवसायीको भनाई छ ।
गमगढी बजारका २५ प्रतिशत घरधुरीमा हाल सम्म पनि शौचालय बनेका छैनन । बाहिरबाट बजारमा आउनेहरुले सार्वजनिक शौचालय नहुँदा जथाभावि खुला दिसा गर्दा बजार नै फोहोर हुने गरेको छ भने सरोकारवाला निकाय मौन छन । सदरमुकाम जोडिएको श्रीनगर गाविसले सार्वजनिक शौचालय, खेल मैदानको व्यवस्था गर्नु पर्ने भए पनि मौन देखिएको छ । विभिन्न गैर सरकारी संस्थाले बजारको फोहोर व्यवस्थापन गर्न फोहोर मलाई लेखिएका काठका बक्स बनाए पनि गाविसले बजारमा राख्न सकेको छैन ।
बजार भरि टोल सुधार समिति गठन गरि फोहोर व्यवस्थापन गर्न धेरै प्रयास गरिए पनि उपलब्धी हाँसिल गर्न नसकिएको टोल सुधार समिति पनि निष्क्रिय बनेका छन । गाविसले बेला वेला गरेका दर्जनौ निर्णय कार्यान्वयन हुन नसकेको गाविसको भनाई छ ।
चालु आर्थिक वर्ष भित्र जिल्लाका २४ गाविस मध्य १० वटा गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिईएकोमा ७ वटा घोषण भईसकेका र ४ वटा तयारी अवस्थामा रहेको जिल्ला विकास समिति मुगुले जनाएको छ । सदरमुकाम गमगढीको बजार तथा फोहोर व्यवस्थापन गर्न वेला वेलामा स्थानीय प्रशासन र सरोकारवाला निकायले सदरमुकाम रहेको श्रीनगर गाविस र नगर विकास समितिलाई ताकेता गरिएको भए पनि कार्यान्वयन हुन सकेको छैन ।
0 comments
बिचार लेख्नुहोस्..