आगलागि हुँदा एक जनाको मृत्यु एक घाईते


मुगु न्युज डट कम
फागुन २ मुगु
जिल्लाको पश्चिम खत्याड भेकको ह्याँग्लु गाविस वडा नम्बर १ विना गाउँको कुईया पानी भन्ने स्थानमा रहेको घरमा आगलागि हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
विना गाउँका स्थानीयवासीको लेकमा रहेका घरमा विहिवार राती आगलागि हुँदा २२ वर्षिय विरेन्द्र शाहीको मृत्यु भएको र उनकि श्रीमती २१ वर्षीय सरिता शाही घाईते भएको स्थानीयवासी मंगल बहादुर शाहीले जानकारी दिए । राती भएको आगलागीबाट गोठमा रहेका एक सय बढी भेडा पनि मरेका उनले बताए । आगलागि कसरी भयो भन्ने उकिन जानकारी आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।
 सदरमुकाम गमगढी देखि दुई दिन टाढा रहेका घटना स्थल तर्फ ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकि सुकाढिकबाट प्रहरी गई सकेको मुगुका प्रहरी प्रमुख पुष्कर केसीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..