संविधान सभा निर्वाचनमा एमाओवादीले व्यहोरेको हार बारे नेतृत्वको खुलासा

मुगु न्युज डट कम,
फागुन ३ मुगु---------
२०७० मंसिर चार गते सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा मुगु जिल्लामा एनेकपा माओवादीले लज्जास्पद हार व्यहोर्नुका केहि रहस्यहरु पाटी भित्रकै जिल्ला स्तरिय नेताबाट सार्वजनिक भएको छ ।
एकिकृत नेकपा माओवादीका तत्कालिन जिल्ला ईन्चार्ज अजबहादुर शाही (अमरध्वज) ले संविधान सभाको निर्वाचनमा लज्जास्पद पराजय भोग्नु परेका सातवटा कारण सामाजिक सञ्जाल फसबुक मार्फ सार्वजनिक गरेका छन । उनले आफनो फेसबुक वालमा लेखेका छन , चुनाव अघि नै पाटीको केन्द्रिय तहबाट जिल्ला संयोजकसंग कुनै समन्वय र सहकार्य नगरि गुटबन्दिलाई मलजल गर्दै राजनीति गर्न खोजेको, हुँदै नभएका कपोल कल्पित र झुटो रिर्पोट पार्टीको केन्द्रमा पेश गरि जिल्लामा स्थापीत नेतृत्वलाई पाखा लगाउन खोजेको,जिल्लामा स्थापित नेतृत्व र पार्टीसंगको समन्वय नगरि चुनाव अघि चलाईएको अभियानका प्रमुखसंग हजार्रौ खर्च गरि मितेरीको साईनो लगाउने व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बनाईएको शाहीले उल्लेख गरेका छन ।
निर्वाचन सम्पन्न भएको तिन महिना पछि संयोजक शाहीले फेसबुक मार्फत सार्वजनिक गरेका पराजय भोग्नुका अन्य रहस्यहरुमा चुनाव जित्न सक्ने मुख्य आधार वैद्य पक्षका मत तान्न सक्ने ब्यक्ति भन्ने गलत बुझाई गर्नु तथा  चुनाव बहिष्कार र मतदान गर्ने बैद्य पक्षका मत समेत काँग्रेस एमालेमा जानु र पाटीको आधिकारिक उम्मेदवारले एमाले उम्मेदवार मोहन बाँनियासंग आन्तरिक साँटगाँठ गरेको आरोप शाहीले लगाएका छन । उनले पार्टीले हार व्यहोर्नुका कारणहरु ज्नताले चिन्दै नचिनेका व्यक्तिलाई केन्द्रले उम्मेदवार बनाएर संगठन विगारेको बताएका छन ।
 आफु निर्वाचनमा नखटिने , व्यक्तिको चरित्र हत्या गर्न शाहीले गैर राजनितिक चरित्र प्रदर्शन गरेका र  गलत हल्ला मात्र भएको मंसिर चार गते सम्पन्न भएको संविधान सभा निर्वाचनमा एमाओवादीका तत्कालीन उम्मेदवार सुकविर बुढाले वताए । सार्वजनिक गरिएका सातवटा बुँदामा पाटीको केन्द्र तहबाटै अनुसञ्धान भई गल्ति भेटिए आफु कार्वाही भोग्न तयार रहेको र अन्यथा अनावश्यक रुपमा चरित्र हत्या गर्न खोज्ने शाहीलाई कार्वाही हुनु पर्ने बुढाले बताए ।
 मुगुबाट एकिकृत नेकपा माओवादीबाट निर्वाचनमा भाग लिएका सुकविर बुढाले १ हजार ८ सय ४३ मत ल्याएका थिए भने विजयी बनेका एमालेका मोहन बाँनियाले ८ हजार १ सय ४६ र काँग्रेसका ऐन बहाद’र शाहीले ६ हजार २ सय ५२ मत ल्याएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..